Alag Dhar

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भनिएको उक्त सडक अब असार २५ गतेसम्म सञ्चालनमा नआउने भएको हो।

सडक पूर्वाधार विकास कार्यालय, हेटौंडाले निर्माण कार्य पूरा गर्न थप समय आवश्यक परेकाले सडक बन्द अवधि १० दिन थपिएको जनाएको छ। कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर सुजन भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा रहेको महालक्ष्मी खोलामाथिको पुल तथा सडकको स्लोप निर्माणको काम सम्पन्न भए पनि कंक्रिट पूर्ण रूपमा सेट हुन समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।

कार्यालयले सडकको स्लोप अझै पूर्ण रूपमा बलियो भइनसकेको भन्दै यात्रु र सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै असार २५ गतेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य, सडकमा बढ्दो सवारी चाप र निर्माण कार्यमा अवरोध हुन नदिन सडक बन्द गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ।

सडक बन्द अवधिभर हेटौंडाबाट काठमाडौं तथा काठमाडौंबाट हेटौंडा आवतजावत गर्ने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ। यस सम्बन्धमा मकवानपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वयसमेत गरिएको कार्यालयले जनाएको छ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.