Alag Dhar

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रकाशन गर्ने अभ्यास सुरु गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायतर्फ सञ्चालित स्नातक तहको पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सकिएको सातौं दिनमै सार्वजनिक गरेको हो।

विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यअनुसार नतिजा समयमै प्रकाशन गरिएको हो। उनले आगामी दिनमा पनि परीक्षा र नतिजा प्रकाशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने बताए।

बागमती प्रदेश विश्वविद्यालयले करिब एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायअन्तर्गत स्नातक तहको पठनपाठन सुरु गरेको थियो। पहिलो सेमेष्टरको नतिजासँगै विश्वविद्यालयले शैक्षिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाइरहेको संकेत दिएको छ।

सार्वजनिक नतिजाअनुसार शिक्षा तथा सामाजिक विज्ञान संकायमा सबैभन्दा बढी ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी सफल भएका विश्वविद्यालयले जनाएको छ।

परीक्षा सम्पन्न भएको छोटो अवधिमै नतिजा सार्वजनिक गरिनुलाई विश्वविद्यालयले विद्यार्थीमैत्री र समयमुखी परीक्षा व्यवस्थापनतर्फको कदमका रूपमा लिएको जनाएको छ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.