Alag Dhar

बजेटमा नसमेटिएकाे विषय माैद्रिक नीतिमा व्यवस्था गर्नुपर्छ : निजी क्षेत्र

काठमाण्डौं । निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ ।

यस्तै परिसङ्घका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकताअनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । सङ्कटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ ।

दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार गर्न पनि माग गरेका छन् ।

यस्तै छलफलमा पूर्वगभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो । देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ ।

मुख्य समाचार

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको...
रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधा...
सुनचाँदीको भाउ आज पनि घट्यो,  सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०...
आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

काठमाण्डौं । आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.