२०८३ असार २४, बुधबार ०८:१४
२०८३ असार २४, बुधबार ०८:१४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्। मकवानपुर प्रहरीका अनुसार कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। स्कुटर मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौँडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएका थिए। दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै…