Alag Dhar

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्गल्यान्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको थियो ।

तेस्रो क्वार्टरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । अनि अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।

आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीमा ४–३ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो भने गएरातिको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.