Alag Dhar

Day: २०८३ असार ३२, बिहीबार ०७:१६

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको जोखिम रहेको छ । यस्तै काभ्रे, मकवानपुर, काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, बाँके र बर्दिया जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले…
Read More
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । रासस
Read More
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो । घटना असार २९ गते अपराह्न करिब ३ बजे भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन…
Read More
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा बिहीबार (असार ३२) बिहान अचानक गोठ भत्कँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुन सक्ने वडाध्यक्ष गुरुङले बताए । रासस
Read More
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ । यसअघि जस्तै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको भाउ १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाउ प्रतिलिटर १९६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा…
Read More
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ । अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुवै टोलीले कडा ट्याकल र आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो । दोस्रो हाफ शुरु भएपछि खेलको गति फेरियो । ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो । तर अर्जेन्टिनाले लगातार दबाब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.