Alag Dhar

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् ।

बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो ।

घटना असार २९ गते अपराह्न करिब ३ बजे भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो ।

घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिए पनि खोलाको तीव्र बहाव, वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन चालकको खोजी सफल हुन सकेको थिएन ।

मंगलबार बिहान खोजीका क्रममा वाग्मती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यसपछि खोजीलाई थप तीव्र बनाइएको थियो ।

प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर सर्लाही निवासी महेशकुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको छ ।

शव फेला परेसँगै मृतक पनि महेश कुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घटनास्थलमा खोजीकार्यमा संलग्न रहेका कार्कीका परिवारले उनको पहिचान गरेका हुन् ।

शव फेला परेपछि आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएको थियो ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.