Alag Dhar

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै वडाले चालु वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा केन्द्रित २३ वटा मुख्य योजना अघि बढाउने जनाएको हो।

वडाध्यक्षले आर्थिक वर्ष २०८२/०८३ लाई विदाइ गर्दै सार्वजनिक गरेको विवरणअनुसार वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै नयाँ योजनाको कार्यान्वयनलाई प्राथमिकता दिइने जनाइएको छ।

वडाका अनुसार रजतजयन्ती सडक, वडा प्रहरी कार्यालय भवन तथा हुप्र पूर्वी सडक निर्माण सम्पन्न गरिनेछ भने सूर्यचोक–कर्रा सडक स्तरोन्नति गरिनेछ। साथै प्रजातान्त्रिक पथ, सृजना पथ, अजरअम्मर रोड, नयाँ मार्ग, बुद्धपथलगायत भित्री सडकमा स्तरोन्नति, ढल तथा पेटी निर्माण गरिने जनाइएको छ।

पशुपति मन्दिर जाने सडक, लाङ्घाली चोक क्षेत्र तथा अन्य कच्ची सडकको स्तरोन्नति गरी धुलो, हिलो र डुबानमुक्त बनाइने योजना पनि सार्वजनिक गरिएको छ। स्कुल रोडमा फल्चा निर्माण सम्पन्न गरिने र गर्दोही क्षेत्रमा सार्वजनिक हल निर्माण सुरु गरिने जनाइएको छ।

लोकतान्त्रिक चौर (हुप्र) क्षेत्रमा गुणस्तरीय खानेपानी, खुला जिम विस्तार, हरियाली प्रवर्द्धन, विश्रामस्थल निर्माण तथा नियमित सरसफाइको व्यवस्था गरिनेछ। यसैगरी श्रमिक माध्यमिक विद्यालयको २४ कोठे तीनतले भवन तथा भुटनदेवी माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माण सम्पन्न गरिनेछ। भुटनदेवी माविमा आईटी पार्क निर्माणको काम पनि सुरु गरिने योजना रहेको जनाइएको छ।

नगर विकास क्षेत्रअन्तर्गत हुप्र आसपासका बाँकी सडकलाई प्रदेशकै नमुना सडकका रूपमा विकास गर्न टेन्डर प्रक्रिया अघि बढाइने जनाइएको छ। आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि र हेटौँडा क्याम्पसमा थप शैक्षिक पूर्वाधार निर्माण गरिनेछ भने भुवनेश्वर मन्दिर–पारिजात पथ र भैरव रोड–चिसापानी सडकमा पेटी निर्माण सम्पन्न गरिने जनाइएको छ।

वडाले चिल्ड्रेन पार्क, श्रमिक पार्क तथा विभिन्न मठमन्दिरको स्तरोन्नति, सडक मर्मत, रङरोगन, दुर्घटनाप्रवण क्षेत्रमा रबर स्पिडब्रेकर, सार्वजनिक स्थानमा सिमेन्टका कुर्सी तथा टोल विकास संस्थाको पहिचानसहित बोर्ड स्थापना गर्ने जनाएको छ।

स्वास्थ्यतर्फ मोहन बज्राचार्य आधारभूत सहरी स्वास्थ्य केन्द्रलाई थप सुदृढ बनाइनेछ। कृषि तथा रोजगारी प्रवर्द्धनका लागि आधुनिक कौशी तरकारी खेती र युवालाई डिजिटल सीपसम्बन्धी तालिम सञ्चालन गरिने जनाइएको छ।

यसैगरी आदिवासी जनजाति सांस्कृतिक महोत्सव, नगरस्तरीय क्रिकेट, फुटबल, मार्सल आर्ट प्रतियोगिता तथा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिने कार्यक्रम रहेको जनाइएको छ।

शिक्षा क्षेत्रमा २० जना विपन्न विद्यार्थीलाई कक्षा ११ मा निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने तथा श्रमिक माविको विपन्न छात्रवृत्ति कोषमा वडा कार्यालयबाट १० लाख रुपैयाँ पुर्‍याइने जनाइएको छ।

भाषा, कला तथा संस्कृति प्रवर्द्धनका कार्यक्रमसँगै शैक्षिक गुणस्तर सुधार समिति, टोल विकास संस्था, महिला जागरण समूह, वडा बाल सञ्जाल, ज्येष्ठ नागरिक वडा मञ्च, एकल महिला समूह तथा अन्य संघसंस्थासँग सहकार्य गरी विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

मुख्य समाचार

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल ...
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.