Alag Dhar

Day: २०८३ भाद्र १६, मंगलवार ०७:३६

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ । उक्त बाढीपश्चात् अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् । सम्पर्कविहीन हुनेमा विदेशी नागरिक…
Read More
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन ३ हजार र अस्ति ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने एक सय रुपैया बढेको हो । गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ कायम रहेको चाँदीको भाउ आज चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै तथा लुम्बिनी  प्रदेशको  पहाडी र तराई भू–भागको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गए राति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो ।
Read More
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो । मकवानपुर  प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका गाडी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाण्डौ आउनेछन् । काठमाण्डौबाट हेटौँडा जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै सञ्चालन हुनेछन् ।  मालवाहक तथा ठूला यात्रुवाहक गाडीले काठमाण्डौ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । खाद्यान्न,  खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई प्राथमिकतामा आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा…
Read More
तातोपानी नाका पनि बन्द

तातोपानी नाका पनि बन्द

काठमाण्डौ ।  नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरेको हो । यात्रु आवतजावत खुला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात–निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ । रसुवागढी नाका पनि बाढीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ । गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनुअघि नेपाली व्यवसायीले तातोपानी, टिमुरे (रसुवागढी) र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए । नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.