२०८३ कार्तिक १६, आईतवार ०१:५०
२०८३ कार्तिक १६, आईतवार ०१:५०
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासको केन्द्रका रूपमा स्थापित गर्ने गरी काम भइरहेको बताउनुभएको छ । उहाँले सार्थक र दिगो विकासका लागि भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, संस्कृति, पर्यटन, कृषि तथा उद्योग क्षेत्रको समानान्तर विकास आवश्यक रहेको बताउनुभयो । बुद्ध टोल विकास संस्थाको रजत जयन्ती तथा २५औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले पालिका र वडाको विशिष्टता तथा आवश्यकताका आधारमा विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवस्थित सहर तथा बस्ती निर्माण, विद्यालय शिक्षाको गुणस्तर वृद्धि, वडावासीको स्वास्थ्य सेवामा सहज पहुँच, खेलकुदको प्रवर्द्धन र वडालाई हरियाली बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो…