Alag Dhar

Day: २०८३ कार्तिक २३, आईतवार १२:०८

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोड्नुभएको छ । लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गर्नुभएको छ । ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उहाँले भन्नुभएको छ । उहाँले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्ति स्त्री स्वरूपमा रहेको बताउनुभएको छ । बलकी…
Read More
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ । स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले पत्रकारिताले समाचार सम्प्रेषण गर्ने काममा मात्र सीमित नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र समाजमा…
Read More
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो । बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ । कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् । तिनीहरूले नै मानिसको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.