Alag Dhar

विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

काठमाण्डौं । गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ५७ मिलिमिटर वर्षा मापन भएको छ । पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो । हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ ।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.