२०८३ जेष्ठ १२, मंगलवार ०८:१९
२०८३ जेष्ठ १२, मंगलवार ०८:१९
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको छ । मङ्गलबार साँझ ५ बजेट बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडी उपस्थित हुन निर्देशन गरिएको छ । संसद्मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । प्रदेश सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको…