Alag Dhar

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

हेटौँडा । बागमती खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर पुरुष क्रिकेट टोलीले सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धादिङलाई पराजित गर्दै मकवानपुर प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो ।

हेटौँडास्थित गौरीटार रंगशालाको क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाएको थियो । मकवानपुरका गोकुल अधिकारी २९ रन र कप्तान शुभ कंसाकार २३ रन बनाएर आउट भए । गौरभ खड्का ७८ रनमा र सुमन सुनार ६५ रनमा अविजित रहे । धादिङका रुपेश भुजेलले २ विकेट र श्याम त्रिपाठीले १ विकेट लिए ।

२ सय २२ रनको लक्ष्य पछ्याएको धादिङ ८९ रनले पराजित भयो । धादिङ २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । धादिङका आरम्भ तिमल्सिनाले ४९ रन, कप्तान अमृत थापाले ३१ रन र अनिष रेग्मीले १० रन बनाए । धादिङका बाँकी खेलाडीहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । मकवानपुरको जितका लागि समिर चौलागाईं र राम नरेश गिरीले समान ३–३ विकेट लिए । मकवानपुरका लागि अविजित ७८ रन बनाएका गौरभ खड्का प्लेयर अफ द म्याच बने ।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा चितवन, धादिङ, काभ्रेपलान्चोक र मकवानपुर रहेको छ । समूह ‘बी’ मा भक्तपुर, काठमाडौं, ललितपुर र नुवाकोट रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछ । प्रदेश खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार हुनेछ ।

मुख्य समाचार

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

हेटौँडा । बागमती खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर पुरुष क्रिकेट टोलीले सेम...
आज सुनको भाउ सामान्य बढ्यो : चाँदीको घट्यो

आज सुनको भाउ सामान्य बढ्यो : चाँदीको घट्यो

काठमाण्डौं । आज सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार ५०० रुप...
विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् ...
विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ । अमेर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.