Alag Dhar

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौं । साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले अन्तिम इन्जुरी समयमा गोल गरे ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् । तर खेलको ६७औँ मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।

लगत्तै खेलको ७२ औँ मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । उसका फरवार्ड ब्रील एम्बोलो दोहोरो पहेँलो कार्डका कारण बाहिरिए । अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । आजै बिहान भएको अघिल्लो खेलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंङ्गमले गरे । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिंघमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंङ्गमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.