२०८३ असार २८, आईतवार ०७:२०
२०८३ असार २८, आईतवार ०७:२०
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार ९असार २७० सम्पन्न १९औँ नगरसभाबाट वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ । नेपालगन्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ । नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवद्र्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटमा प्राथमिकता दिइएको छ…