Alag Dhar

भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

हेटौंडा । भोटेकोशीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिएका छन्।

पहिचान भएका मृतकमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का उद्धव खड्का र हेटौंडा–१५ का सुमन गोले रहेका छन्। हेटौंडाका दुई जनाको शव पहिचान भएसँगै परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारी, धादिङको खनियाबासका संयोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकाल, गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल काफ्ले तथा गोरखाकी सुजाता कोइरालाको शव पनि पहिचान भएको छ।

नारायणी नदी किनारमा थप ५२ वटा मानव अंग फेला परेका छन्। शव व्यवस्थापनमा कठिनाइ भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर शव व्यवस्थापन गरिरहेको जनाएको छ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.