Alag Dhar

अनुगमनका क्रममा तेह्र खाद्यान्न पसल कारवाहीमा

मकवानपुर । भीरकोट नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन् ।

दशैं–तिहारलाई लक्षित गरी खाद्यान्न पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट, फलफूल तथा तरकारी पसल अनुगमन गरिएको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जानकारी दिनुभयो ।

वडा –१ र २ को ठाडोलाइन र सिद्धार्थ राजमार्ग आसपासका बिहीबार ३४ वटा पसल अनुगमन गर्दा १३ वटा खाद्यान्न पसल कारवाहीमा परेको नगर प्रशासन प्रमुख सीताराम खनालले बताउनुभयो ।

पाँचवटा मासु पसल, २० वटा किराना पसल, तीन वटा होटल तथा रेष्टुरेन्ट, चार वटा तरकारी तथा फलफूल पसल र दुईवटा भेटेरिनरी पसल अनुगमन गरिएको छ ।

अनुगमन गरिएका धेरै पसललाई सचेत बनाइएको र १३ पसलबाट म्याद गुज्रेका खाद्यान्न, साबुन, मसला, चाउचाउ, बिस्कुटलगायतका सामग्रीहरू जफत गरिएको खनालले बताउनुभयो ।

अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको, पसलको परिचय खुल्ने बोर्ड नराखेको, मूल्यसूची अद्यावधिक नगरिएको, नवीकरण नभएको, इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्री गरेको, सरसफाइ नभएको पाइएकाले सचेत गराइएको र व्यवसायीहरूलाई व्यावसायिक अनुशासन पालना गर्न र उपभोक्ता हितमा काम गर्न सचेत बनाइएको छ ।

चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने परिपाटीले गर्दा खाद्यान्न र फलफूल पसलमा बढी समस्या देखिएको छ । नियमित बजार अनुगमन गर्ने र व्यवसायी र उपभोक्ता दुबैलाई सचेतना शिक्षा दिन सकेमा बजार व्यवस्थित हुने स्थानीय उपाभोक्ताहरूको भनाइ छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.