Alag Dhar

गुप्तेश्वरी टोल विकास संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः रुम्बा चयन

२५असोज/हेटौंडा – हेटौंडा–६, चौघडास्थित गुप्तेश्वरी टोल विकास संस्थाको २३औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष नानिमाया रुम्बाको अध्यक्षतामा सम्पन्न सभामा वडा नं. ६ का वडा सदस्य लेखराज ढकाल प्रमुख अतिथि रहेको थियो।

कार्यक्रममा वडा सदस्य मुना बिक, टोबिस नगर समन्वय समितिका उपाध्यक्ष बिष्णु ढुंगाना, चौघडा बचतका सचिव अर्जुन हुमागाई, वंशगोपाल माबीका सहायक प्रध्यानाध्यापक रबिन्द्र गौतम, नौलो बिहानी कृषि सहकारीका सचिव नेत्रप्रसाद ढुंगेल तथा प्रहरी चौकी चौघडाका प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन देवकोटा लगाएतको उपस्थिति रहेको थियो।

सभामा गत वर्षको वार्षिक प्रगतिविवरण, आर्थिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। वक्ताहरूले टोल विकास संस्थाले समुदायमा पु-याउँदै आएको सामाजिक, भौतिक र शैक्षिक योगदानको प्रशंसा गर्दै, आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरे।

अधिवेशनले आगामी कार्यकालका लागि पुनः नानिमाया रुम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा सुभद्रा आचार्य, सचीव अप्सरा कुमारी न्यौपाने, कोषाध्यक्ष सबिता सुब्बा चयन भएका छन्  । यस्तै सदस्यहरूमा सुशिला श्रेष्ठ, मिना कायस्थ, सरस्वती श्रेष्ठ, भावना सापकोटा, कबिता महर्जन र तारा मोक्तान रहेका छन् ।

कार्यक्रममा स्थानीय सरोकारवालाहरू, समाजसेवी, टोलवासी र विभिन्न संस्थाका प्रतिनिधिहरूको समेत उपस्थितिमा संस्थाको आगामी योजनाबारे छलफल गरिएको थियो।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.