Alag Dhar

दोसीखोलामा जिप दुर्घटना

मकवानपुर । चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।

मृत्यु हुनेमा समकोट गाउँपालिका– ८ को स्याँडा गाउँकी दुई वर्षीया बालिका जागृति रोकाया रहेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । यसअघि शुक्रबार उक्त दुर्घटनामा परि तीन जनाको मृत्यु भइरहेको छ ।

मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् ।

यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।

तीन जना प्रदेश अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फिर्ता भएको प्र.ना.उ. पोखरेलले बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.