Alag Dhar

बिस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको आग्रह

मकवानपुर । तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ ।

संघले नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटक, भूइचम्पा, विभिन्न खालका बिस्फोटक पदार्थको समेत बिक्री वितरण गरेको पाइएकाले यस वर्ष त्यस्ता पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउनुभयो ।

विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका बिस्फोटक पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस वर्ष खरिद बिक्री पूर्ण रोक्न आग्रह गरेको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई मध्यनजर गर्दै सुफत मूल्यमा सामान बिक्री गर्न समेत आग्रह गरेको छ ।

प्लास्टिकजन्य फूल र मालाको आयात–निर्यात तथा बिक्री–वितरण नगर्न र प्राकृतिक उत्पादनको प्रयोगमा प्रोत्साहित गर्न, संघले सबै व्यापारी र व्यवसायीलाई स्थानीय प्रशासन र बजार अनुगमन टोलीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । दिपावलीमा संघको तर्फ बाट आन्तरिक बजार अनुगमन जारी रहने जनाइएको छ ।

संघले बजारमा वस्तु अभाव कृत्रिम रूपमा सिर्जना नगरी उपलब्ध वस्तुहरूको मूल्य सूची अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई निर्देशन दिएको समेत जनाएको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.