Alag Dhar

मालपोतका खरिदारविरुद्ध दुई लाख घुस प्रकरणमा मुद्दा दर्ता

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध दुई लाख रुपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाधनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागी लिएको प्रमाणित भएको हो।

उक्त उजुरीका आधारमा आयोगको टोलीले भण्डारीलाई दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगको अनुसन्धानले भण्डारीले सेवाग्राहीसँग अवैध लाभका लागि रकम मागी लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्न मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।

आरोपपत्रमा आयोगले भण्डारीमाथि बिगो रु. २ लाख कायम गरी सोही परिमाणको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सरकारी सेवामा रहेर घुस लिने कर्मचारीमाथि अख्तियारले शून्य सहनशीलताको नीतिअनुसार कारबाही अघि बढाउँदै आएको छ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.