Alag Dhar

अलगधार

अलगधार

1598 Posts
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

मकवानपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने । दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि…
Read More
बागलुङ–कालिकामा दर्शनार्थीको भिड

बागलुङ–कालिकामा दर्शनार्थीको भिड

मकवानपुर । नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।
Read More
सवारी दुर्घटनामा दुई जना घाइते

सवारी दुर्घटनामा दुई जना घाइते

मकवानपुर । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ । मनहरी गाउँपालिका–८ बेलुवा र हेटौँडा उपमहानगरपालिका–१९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट मनहरी तर्फ आउँदै गरेको ना.२ ह १२७० नम्बरको अटोको पछाडि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०६–००४ प ९१७१ न.को मोटरसाइकल ठक्कर खान गई दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–७ रमौली बस्ने २० वर्षीय प्रशान्त सुवेदी घाइते हुनुभएको हो । उहाँको अनुहार, दाहिने कुममा चोट लागेको छ । घाइतेको उपचारका लागि मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार…
Read More
कैलालीमा बेपत्ता बालिका मृत फेला

कैलालीमा बेपत्ता बालिका मृत फेला

मकवानपुर । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताउनुभयो । निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करीब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएका छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
Read More
स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

मकवानपुर । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको…
Read More
मकवानपुरका पत्रकारलाई अब निःशुल्क उपचार सुविधा

मकवानपुरका पत्रकारलाई अब निःशुल्क उपचार सुविधा

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौँडा–१ मा रहेको सहकारी अस्पतालबिच शनिबार तीन वर्षका लागि पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत पत्रकार महासंघ मकवानपुरमा सदस्य र सदस्य बन्ने क्रममा रहेका सक्रिय पत्रकारहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्ने उल्लेख छ । सम्झौतामा सम्पूर्ण ओपिडी सेवा निःशुल्क हुने, शल्यक्रिया तथा भर्ना…
Read More
आज देशका कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना?

आज देशका कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना?

मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव छ। शनिबारदिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
Read More
आज विश्व पर्यटन दिवस मनाइँदै

आज विश्व पर्यटन दिवस मनाइँदै

मकवानपुर । आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ । सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ । तर नेपाल आउने विदेशी पर्यटकको संख्या मुख्य सिजनमा नै घटेको छ । अध्यागमन विभागका अनुसार सेप्टेम्बर एक देखि १८ तारिखसम्मको अवधिमा गएको वर्षको तुलनामा झन्डै आठ हजारले घटेको छ । अघिल्लो वर्ष यो अवधिमा झण्डै ३५ हजार पर्यटक नेपाल घुम्न आएका थिए । यसपाली २७ हजार हाराहारी रहेको छ । पछिल्लो जेन–जी आन्दोलनको असर पर्यटन क्षेत्रमा…
Read More
आज स्कन्दमाताको पूजा-आराधना

आज स्कन्दमाताको पूजा-आराधना

मकवानपुर । आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। श्रद्धालु घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो।…
Read More
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । यसका साथै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयो। संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिनुभएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.