२०८२ मंसिर १, सोमबार ०७:१८
२०८२ मंसिर १, सोमबार ०७:१८
मकवानपुर । विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् । यीबाहेक अन्य देशमा पनि फ्रेन्चाई लिग खेलिन्छ । यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशको हुन सकेको छैन तर क्रिकेटमा उदाउँदै गरेको नेपालले आयोजना गरेको फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग (एनपिएल) लाई भने पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो एनपिएल…