Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने,’ उनले भने । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
Read More
रास्वपा बागमती प्रदेश उपसभापति कांग्रेस प्रवेश

रास्वपा बागमती प्रदेश उपसभापति कांग्रेस प्रवेश

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए। उनले सात बुँदामा असन्तुष्टि पेश गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।
Read More

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हुन् । पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान पार्टीमा स्वागत गरेका छन्  । कांग्रेस प्रवेश गरेसङ्गै पराजुलिले फेसबुकमा स्ट्याटस लेखेका छन् । पराजुली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पराजुलीले यसअघि २०७९ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएको बताइएको छ ।
Read More

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद

मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको दौडधुप मात्र होइन, गाउँबस्तीमा आशा र भरोसाको वातावरण पनि फैलिँदै गएको देखिन्छ । यसै क्रममा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना आइतबार मकवानपुरगढीको घरदैलो अभियानमा निस्किए । यो अभियान औपचारिक भोट माग्ने कार्यक्रममा मात्र सीमित रहेन, उम्मेदवार र मतदाताबीचको आत्मीय सम्बन्ध झल्काउने दृश्यहरूले यात्रा अझ अर्थपूर्ण बनायो । मकवानपुरगढी–४ को सामरी कुनाबाट अभियान सुरु गर्दै रानाले मतदातासँग हात जोड्दै परिचय गराइरहँदा एक स्थानीय किसानले भने, ‘हजुरलाई नचिन्ने को छ र ? हजुर कर्मठ, इमान्दार…
Read More
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Read More
फेरि पक्राउ परे दुर्गा प्रसाईं

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए । प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो ।
Read More
मतपत्र छपाइ सकियो

मतपत्र छपाइ सकियो

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।” केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ…
Read More
आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र

आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र

मकवानपुर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ। आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो । आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, सेतोपाटी अनलाइनले मिति २०८२-११-०३ मा चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२-११-०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन…
Read More
निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आज ५ लाख मतपत्र मात्र छाप्न बाँकी छ । ती पाँच लाख मतपत्र बागमती प्रदेशका हुन् । ती आजै छापिसक्ने उनले बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक पौडेलले भने, ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं,…
Read More
मकवानपुरमा चुनावी सरगर्मी तीव्र, आजवाट औपचारिक प्रचार सुरु

मकवानपुरमा चुनावी सरगर्मी तीव्र, आजवाट औपचारिक प्रचार सुरु

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। आजदेखि औपचारिक रूपमा चुनाव प्रचार–प्रसार गर्न पाइने व्यवस्था लागू भएसँगै जिल्लामा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ । निर्वाचन आयोगको नियमअनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने प्रावधान छ। सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार अभियान सञ्चालन गर्न सक्नेछन्। आयोगले प्रचारका क्रममा हिंसा, धम्की, लोभलालच तथा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना र दुष्प्रचार नगर्न कडा निर्देशन दिएको छ। मकवानपुरका निर्वाचन क्षेत्र नम्बर–१ र नम्बर–२ मा ४४…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.