Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ४स्०० बजे सुरु हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम रोयल्स यसअघि फाइनलमा पुगिसकेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनी एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई चार विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो । आज विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका समेत छ । आजको विजेता र सुदूरपश्चिमबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।  
Read More
विवाहका लागि घरबाट हिँडेका एक पुरुष मृत फेला

विवाहका लागि घरबाट हिँडेका एक पुरुष मृत फेला

नवलपुर । विवाहका लागि घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती –५ घर भइ हाल कावासोती –३ थारु टोलमा बस्दै आउनुभएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला पर्नुभएको हो । अत्यधिक जाडोका कारण कठ्यांग्रिएर उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उहाँको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने

एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग र एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने भएको छ । सडक विभागको आयोजना निर्देशनालय एडीबीले सूचना जारी गर्दै एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो । निर्देशनालयकाअनुसार महेन्द्र राजमार्ग अन्तर्गतको हेटौंडा–नारायणगढ र गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । त्यस्तै, राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिने सूचनामा उल्लेख छ । साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १–१ लेनको सर्भिस लेन र शहरी…
Read More
सुनचाँदीको मूल्य निरन्तर उकालो

सुनचाँदीको मूल्य निरन्तर उकालो

मकवानपुर । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Read More
आज अन्तर्राष्ट्रिय पर्वत दिवस

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

मकवानपुर । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् । राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।…
Read More
आज  रवि लामिछानेको मुद्दामा आज पेशी

आज रवि लामिछानेको मुद्दामा आज पेशी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइमा आज पनि पेशी तोकिएको छ। मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजलाई पेशी तोकिएको हो । पेशी तोकिए पनि इजलासमा चढ्ने–नचढ्ने टुंगो नलागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताएका छन् । बारको अधिवेशनका कारण पटक गणना नहुने गरी सम्बन्धित पक्षका कानून व्यवसायीबाट अनुरोध भए पेशी हटाउन बारबाट अनुरोध आएको अदालतले जनाएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी कात्तिक १३…
Read More
देशभरको मौसम सफा

देशभरको मौसम सफा

मकवानपुर । आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
क्षितिज दुग्ध सहकारीको अध्यक्षमा न्यौपाने सर्वसम्मत निर्वाचित

क्षितिज दुग्ध सहकारीको अध्यक्षमा न्यौपाने सर्वसम्मत निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीस्थित क्षितिज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा राममणी न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दुग्ध उत्पादनलाई व्यवसायीकरण गर्दै स्थानिय किसानको आर्थिक अवस्था सुधार्ने लक्ष्य रहेको बताउनुभयो । अधिवेशनबाट उपाध्यक्षमा नारायण प्रसाद पाण्डे,सचिवमा पोषक बाबु विष्ट, कोषाध्यक्षमा सोमनाथ खनाल तथा सदस्यहरुमा गणेश प्रसाद बर्तौला,महेश कुमार मोक्तान र रामकुमार उप्रेती सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
Read More
नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुँदै

नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुँदै

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ । सडक विभागको आयोजना निर्देशनालय एडीबीले एक सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो । निर्देशनालयकाअनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन बजारदेखि त्रिशुली पारी (गोरखा तर्फ) बाट मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म २ लेनको नयाँ सडक निर्माण गरिनेछ । साथै, सो स्थानभन्दा पश्चिम आबुँखैरेनीसम्मको हालको राजमार्गलाई चौडा गरी ४ लेनको बनाइने योजना रहेको छ । यस्तै महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–हेटौँडा सडक…
Read More
केयुकेएलको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएको छ। क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरण सम्बन्धी काम गर्नुपर्ने भएकाले मंसिर २६ गते दिउँसो ३ बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए। 'सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल संकलन काउन्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन्,' सूचनामा भनिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.