Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
विश्व टेलिभिजन दिवस आज

विश्व टेलिभिजन दिवस आज

मकवानपुर । आज विश्व टेलिभिजन दिवस । राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्याउने प्रमुख माध्यम मानिन्छ । राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर टेलिभिजनको भूमिका, प्रभाव र अन्तर्राष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।…
Read More
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

मकवानपुर । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ। आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Read More
बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी

मकवानपुर । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । मौसमविद्हरूका अनुसार यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान छ । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७ देखि ११ सेन्टीमिटर वर्षा हुन सक्ने भनिएको छ । त्यसैगरी त्यसक्षेत्रमा ४० देखि ५० किलोमिटर प्रति घन्टासम्मको हावाहुरीसहित चट्याङको चेतावनी दिइएको छ । माछापालकहरूलाई अवको दुईरतीन दिन समुद्रमा नजान र स्थानीयलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको खबरमा उल्लेख छ ।
Read More
नवलपुरमा बस दुर्घटना : २० भन्दा बढी घाइते

नवलपुरमा बस दुर्घटना : २० भन्दा बढी घाइते

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले…
Read More
खैरो हिरोइनसहित एक पक्राउ

खैरो हिरोइनसहित एक पक्राउ

मकवानपुर । धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तीन वटा प्लास्टिकका पोकामा ३१० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की धनकुटा नगरपालिका –१ स्थित त्रिसुलेस्थित अस्पताल प्लान्टमा काम गर्ने कामदार गर्ने रहेको खुलेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उहाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका…
Read More
एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै

एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । लुम्बनी नेपाली राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएका रोहित पौडेलको कप्तानीमा छ । यस्तै चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल खेल्न लागेको लुम्बिनी एनपिएलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो ।
Read More
भारत नेपालको भरपर्दो मित्र हो : मन्त्री घिसिङ

भारत नेपालको भरपर्दो मित्र हो : मन्त्री घिसिङ

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयदेखि विकास निर्माणसम्म भारत एक विश्वसनीय साझेदार रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग पुर्याएको बताए । बिहीबार हेटौंडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले दिएको बेली ब्रिज हस्तान्तरण समारोहमा बोल्दै मन्त्री घिसिङले भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौँ नागरिकलाई सेवा र बजारसँग जोडेको बताए । उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको बताए ।भारतीय एक्जिम बैंकमार्फत विस्तारित उदार ऋण सुविधाहरू अन्तर्गत सञ्चालित सडक तथा…
Read More
सुरक्षा परिषद् बैठक जारी

सुरक्षा परिषद् बैठक जारी

मकवानपुर । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुनस् अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय…
Read More
सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

सिमरा अपडेट: वार्तामा बस्नुअघि सडकमा जेनजीको छलफल

मकवानपुर । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् । त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए । छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी…
Read More
दाइजो नदिँदा घर निकाला

दाइजो नदिँदा घर निकाला

मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो । नयाँ सपना बोकेर नयाँ जिवनको सुरुवात गर्ने उहाँको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको चारदिनमै उहाँ घर निकालामा पर्नुभयो । मागे जति दाइजो नल्याएको निहुँमा उहाँलाई निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उहाँ अहिले न्यायका लागि भौतारी रहनुभएको छ । सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.