२०८२ आश्विन १०, शुक्रबार ०५:४८
२०८२ आश्विन १०, शुक्रबार ०५:४८
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन हुनुभएको हो । गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । छोरा हराएपछि उहाँका बाबु विशाल गोलेले प्रहरीमा खोजतलासका लागि पुग्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार बालक सुस्त मनस्थितिका रहेका थिए । घरबाट आफ्नो बुबासँग कापी च्यातेको विषयमा सामान्य विवाद भई निस्केर हिँडेको, आफ्नो आफन्त नाता गोता कोही कसैकोमा नपुगेको र…