Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
केही ठाउँमा आज पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

केही ठाउँमा आज पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाण्डौं । आज मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङ, हावाहुरी, असिनासहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । बिहानपख केही ठाउँमा मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा बदली हुने अनुमान छ । दिउँसो देशका धेरैजसो ठाउँमा साधरणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार र बिहीबार हावाहुरीसहित वर्षा गराएको प्रणाली पूर्वबाट बाहिरिए पनि अरू स–साना प्रणाली कायमै रहेको मौसमविद् हरिप्रसाद दहालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना…
Read More
तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उनहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताए । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, बिपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । रेडक्रस सोसाइटी सामाजिक संस्था भएकाले तनहुँ, कास्की र लमजुङ जिल्लाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिए । उनले भने, “दश वर्षपछि लाग्ने रोग आजको परीक्षणबाट थाहा हुने भएकाले शिविर…
Read More
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय गरेअनुरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका…
Read More
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौँतारिएका थिए । मानवीय क्षति नहोस् भनेर चिया बगानमा दिनभर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हात्तीको निगरानी गरेको थियो । “गाउँ पसेर क्षति गर्ला कि भन्ने त्रास छँदै थियो”, हात्तीको निगरानीमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउतले भने, “बिहानै बगानमा देखा परेको दुई हात्तीलाई हेर्न ठुलो सङ्ख्यामा वरिपरि भेला भएको भीडलाई हटाउन हम्मे हम्मे पर्‍यो ।” चिया बगान वरिपरिको भीड हटाउन प्रहरीले माइकिङ गरेको थियो । दिनभर…
Read More
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।
Read More
पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

मकवानपुर । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ । योसँगै काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रहेको पेट्रोलको भाउ अब २१६ रुपैयाँ भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा…
Read More
रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ ।
Read More
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा प्रणालीमा समेट्दै उदाहरणीय पहल गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ३० लाख रुपैयाँ बजेटमार्फत गाउँपालिकाले ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी कुल ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकहरूलाई परिचय पत्र वितरण गरेका थिए। यससँगै भीमफेदी गाउँपालिकाले हालसम्म ३११ जना असंगठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिसकेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत आवद्ध श्रमिकहरूले…
Read More
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाइएको छ । प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज दिउँसो १२ बजेपछि बस्ने गरी बैठक बोलाउनुभएको हो । कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । विपक्षी दल कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । आजको बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको तयारी र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको अबको रणनीतिलगायतका विषयमा केन्द्रित रहनेछ । शक्तिशाली बहुमत प्राप्त सरकारले अध्यादेश…
Read More
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.