Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
धादिङ बस दुर्घटना: चिया पिउँदै गरेका टिपर चालकको ज्यान गयो

धादिङ बस दुर्घटना: चिया पिउँदै गरेका टिपर चालकको ज्यान गयो

मकवानपुर । धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नजिकै चिया पसलमा चिया पिउँदै गरेका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । ठक्करबाट अनियन्त्रित एउटा बस सडक छेवैमा रहेको चिया पसलमा पुगेको थियो । चिया पसल सञ्चालक खगेश्वर शर्मा…
Read More
हेटौंडा–७ मा एमालेको निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

हेटौंडा–७ मा एमालेको निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

मकवानपुर । नेकपा (एमाले)हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कमिटीको आयोजनामा निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो। उहाँले एमाले नेतृत्वमा भएका सरकारहरूले मुलुकको पुनर्निर्माण, विकास र राष्ट्रियताको पक्षमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै ती उपलब्धिहरूलाई जनतामाझ लिएर जान कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले देशको स्वाधीनता, स्थायित्व र समृद्धिका लागि एमाले नै भरोसायोग्य शक्ति भएको धारणा राख्नुभयो। पौडेलले “केपी ओलीको नेतृत्वमा देशले आत्मनिर्भरता र समृद्धिको बाटो समातेको छ, त्यसैको निरन्तरताका लागि एमालेको जित अपरिहार्य छ,” भन्दै कार्यकर्तालाई जनतामाझ तथ्य र…
Read More
आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी छन् : रामशेवर राना

आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी छन् : रामशेवर राना

मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी रहेको पाईएको बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विको बाटोमा मुलुकलाई अगाडि नेकपा एमालेको जीतको विकल्प नभएको उहाँको भनाई रहेको थियो । विचलित र अन्यौलमा नपरि निर्धक्क भएर निर्वाचनमा जुट्न उम्मेद्वार रानाले आग्रह गर्नुभयो । भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गतेको निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमान बीचको भएकोले राष्ट्रिय स्वाभिमान रक्षाको लागि नेकपा एमालेलाई जिताउन सबै एकजुट हुनपर्ने बताउनु भयो…
Read More
सिआन पुनर्स्थापना केन्द्रमा अवलोकन भ्रमण तथा अन्तरक्रिया सम्पन्न

सिआन पुनर्स्थापना केन्द्रमा अवलोकन भ्रमण तथा अन्तरक्रिया सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा, सामाजिक अभियन्ता सन्त लामा, सन्त गौतम तथा भुवन मैनालीले सिआन पुनर्स्थापना केन्द्रको अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा केन्द्रमा सञ्चालन भइरहेका उपचार, पुनर्स्थापना, मनोसामाजिक परामर्श, सामाजिक पुनःएकीकरण तथा कृषि र पशुपन्छी पालनसम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरिएको थियो। साथै, केन्द्रका प्रतिनिधि तथा उपचाररत व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामा ले लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआन पुनर्स्थापना केन्द्रले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता संस्थाहरूसँग स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने तथा आगामी बजेट…
Read More
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको अनुमान

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक…
Read More
आज कति छ विदेशी मुद्राको विनिमयदर ?

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
हामीहरू नै सबैभन्दा नयाँ हौं : प्रचण्ड

हामीहरू नै सबैभन्दा नयाँ हौं : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे । ‘नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरूलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो,’ प्रचण्डले भने । काठमाडौंमा…
Read More
कलाकार सुनिल थापाको निधन

कलाकार सुनिल थापाको निधन

मकवानपुर । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ । ६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ । थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार…
Read More
जेलबाट मुक्तिसँगै शिक्षाको आशा, राक्सिराङका लागि बर्तौलाको योजना

जेलबाट मुक्तिसँगै शिक्षाको आशा, राक्सिराङका लागि बर्तौलाको योजना

मकवानपुर । नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बर्तौलाले राक्सिराङको दीर्घकालीन विकासका लागि लागुऔषधको विकल्पमा शिक्षा र चेतनाको बीउ रोप्नुपर्ने बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिका वडा नम्बर ७ जुरेथुम र घैयाबारीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। बर्तौलाले आफू संसदमा पुगेपछि सधैं जनमुखी कानुन निर्माणमा केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्दै भने, “अघिल्लो कार्यकालमा पनि मैले जनपक्षीय आवाज उठाएको छु। आगामी दिनमा सडक, पुल र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु।” उनले चितवनको भण्डारादेखि राक्सिराङको…
Read More
दिनमा १३ लाख मतपत्र

दिनमा १३ लाख मतपत्र

मकवानपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए। उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने बताए। प्रबन्ध निर्देशक पौडेलले भने, केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ। दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.