Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ जलेश्वर नजिकै आज अपराह्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन् । भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोदशङ्कर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी–२ तनहुँका २२ वर्षीय सन्तोष…
Read More
बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको हो। बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका गतिविधि तथा उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई पनि औपचारिक रूपमा अनुमोदन गरिएको छ। कार्यक्रमको दिगोपना सुनिश्चित गर्न…
Read More
‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको लोकतान्त्रिक चौर(हुप्रचौर)लाई सुविधा सम्पन्न र आकर्षक खुला क्षेत्रका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँको बजेट व्यवस्थापन गर्दै चौरलाई बागमती प्रदेशकै नमुना खुला चौरका रूपमा विकास गर्ने लक्ष्य राखिएको हेटौँडाकी नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान स्वीकृत भएसँगै निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिनेछ। परियोजना तथा अन्य स्रोतबाट समेत बजेट व्यवस्थापन गरिने नगर प्रमुख लामाले बताउनुभयो। वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलका अनुसार चौरमा फुटबल, भलिबल र क्रिकेट मैदानलाई थप व्यवस्थित…
Read More
संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

संघीय सरकारमाथि प्रदेश सांसद भारती पाठकको आरोप: “प्रतिशोधको राजनीति, महँगी र अव्यवस्थाले जनता पीडित”

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले नयाँ बनेको संघीय सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। चैत २५ गते बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले सरकार प्रतिशोधको राजनीति गर्ने र संविधानलाई बेवास्ता गर्ने शैलीमा अघि बढेको आरोप लगाइन्। उनले संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमाथि ठाडो हस्तक्षेप गरिरहेको भन्दै आक्रोश व्यक्त गरिन्। विशेषगरी कार्की आयोगको प्रतिवेदनप्रति प्रश्न उठाउँदै उनले त्यसलाई “न्याय नभई अन्यायको अर्को रूप” भएको टिप्पणी गरिन्। दोषीलाई जोगाउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको उनको आरोप थियो। उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै…
Read More
हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

हेटौंडा । रास्वपा सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनेर घोषणा गरेको स्मरण गरे । ‘त्यो कार्य पूरा गर्नको लागि हेटौंडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिराखेको छ,’ सांसद उप्रेतीले अगाडि भने, ‘कृपया त्यो सञ्चालनका लागि सरकारले आफ्ना कदमहरू अगाडि बढाओस् ।’ बन्द रहेका उद्योगहरूको सञ्चालन गर्ने कार्यको थालनी हेटौंडा कपडा उद्योगबाट सुरु गर्न पनि उनले माग गरेका छन् ।
Read More

बागमती प्रदेशको ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान हेटौंडाबाट सुरु

  हेटौंडा / बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी अनुसार प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई स्वस्थ सहर बनाउने कार्यको थालनी गरिएको हो । ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मङ्गलवार हेटौँडामा आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य कार्यालयका अन्य कर्मचारीसहित हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् कर्मचारीहरुलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि…
Read More
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका परिसरस्थित सभाहलमा दिउँसो ४ बजे बैठक बस्ने तय भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) अनुसार प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । यसअघि प्रदेशसभा बैठक भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।
Read More
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read More
बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना

बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा पर्सि बुधवार दुई वटा प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाकाअनुसार आज पहाडी र हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । चट्याङ, मध्यम वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना…
Read More
मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

काठमाण्डौं।देशका पहाडी तथा हिमाली क्षेत्रमा भोलि मंगलबार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँ तथा बाँकी तराईका एकरदुई ठाउँमा पनि हावाहुरीरमेघगर्जनरचट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.