२०८२ पुष २२, मंगलवार ०५:५४
२०८२ पुष २२, मंगलवार ०५:५४
काठमाडौं । नेपालमै पहिलोपटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ । भरतपुरका व्यवसायिक पशुपालकमध्ये सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए । दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा पनि चिनिन्छ । ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्’, सुवेदीले भने, ‘ती मिहिनेती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण…