Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् । अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका नेइमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए । त्यसपछि ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भने, “मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा सुरु गरेको थिएँ र आज यहीँ…
Read More
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

काठमाण्डौं । तीव्र प्रतिस्पर्धाबीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले २–१ को नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५२औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल २–१ ले विजयी भयो । खेलको अन्तिम १५ सेकेन्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन । योसँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम…
Read More
बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश

बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौं । फिफा विश्वकप २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रि–क्वाटरफाइनल मा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन । खेलको ६४औँ मिनेटमा गोलकर्ता बलोगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यससँगै अमेरिका बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो। यस्तै ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए । १०…
Read More
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरे । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि १० औं मिनेटमा टर्कीएका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यस्तै, ३१ औं मिनेटमा टर्कीएका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए । अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् । तर, अन्तिममा टर्कीएले फेरि गोल गरेसँगै अमेरिका पराजित भयो । टर्कीए यसअघि…
Read More
मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिकलाई ३–० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरे । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै ३–० जित शुनिश्चित गरे । यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पु¥याएका हुन् । समूह तालिकामा चार अंक बटुल्दै उसले विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश…
Read More
तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भई असार ३ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण समारोह गरिएको थियो । प्रतियोगितामा ललितपुरले पनि काठमाडौं बराबर कुल १३१ पदक जिते पनि स्वर्ण पदक कम हुँदा दोस्रो स्थानमा सीमित भयो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन…
Read More

विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले

काठमाण्डौं । फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १ गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् । विश्वकप फुटबलमा गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।
Read More
लगातार दोस्रो जीतसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली

लगातार दोस्रो जीतसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली

काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो । खेलको ५०औँ मिनेटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बन्यो । दक्षिण कोरियाका गोलरक्षक किम सिउङग्युले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए। दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोलरक्षक राउल राङ्गेल ले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए। कप्तान सोन ह्युङ–मिन को पहिलो हाफको प्रयास भने अफसाइडका कारण…
Read More
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन पहिलो

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन पहिलो

हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ चितवन जिल्ला पहिलो भएको छ । हेटौँडामा सम्पन्न एथ्लेटिक्स विधामा चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य गरी कुल ३१ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न स्पर्धामा भएको प्रतिस्पर्धामा चितवनका खेलाडीहरूले पुरुष र महिलातर्फ उत्कृष्ट प्रदर्शन गरेका हुन् । चितवनले पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको छ भने महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ । एथ्लेटिक्सतर्फ काठमाडौं दोस्रो स्थानमा रह्यो ।…
Read More
गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन र प्रशिक्षण केन्द्र बनाइने : मुख्यमन्त्री बानियाँ

गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन र प्रशिक्षण केन्द्र बनाइने : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा–६ स्थित गौरीटार रङ्गशालालाई खेलकुदसँगै अध्ययन, सिकाइ र शैक्षिक प्रशिक्षणको केन्द्रका रूपमा विकास गरिने बताउनुभएको छ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ को बुधबार उद्घाटन गर्नुहुँदै उहाँले गौरीटार क्षेत्रलाई प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइने बताउनुभएको हो । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको सभाध्यक्षतामा गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा विभिन्न खेलकुद प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायिका समीक्षा अधिकारी र मकवानपुरकी गायिका प्रतिमा अर्यालको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.