२०८२ माघ २७, मंगलवार ०५:३७
२०८२ माघ २७, मंगलवार ०५:३७
मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ५ र ६ मा नेकपा (एमाले) का अगुवा कार्यकर्ताहरूको चुनावी भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई निर्णायक जित दिलाउने लक्ष्यसहित संगठन सुदृढीकरण गर्ने निर्णय गरेका छन्। भेलालाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले बकैयाका जनतासँग प्रत्यक्ष जोडिएका समस्या संसदमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विकासलाई पहिलो प्राथमिकतामा राख्ने, जनउत्तरदायी र स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा बोल्दै पूर्व सांसद कृष्णप्रसाद दाहालले मकवानपुरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा राजनीतिक स्थायित्वका क्षेत्रमा भएका उपलब्धि एमाले नेतृत्वकै कारण…