२०८२ फाल्गुन १९, मंगलवार ०५:३४
२०८२ फाल्गुन १९, मंगलवार ०५:३४
मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सामग्री बुझाउने कार्य सुरु गरिएको थियो भने सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले दिएको जानकारी अनुसार मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री सहित मतदान अधिकृतहरु पुगिसकेको र आज सर्बदलिय बैठक बस्ने अनी निर्वाचनका लागि बुथ निर्माण गर्ने काम हुने छ । जिल्लाका सबै केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका निर्देशन पुस्तिका, स्याही,…