Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । सेसन अवधिमा नेप्से ०.२३ अंकले घटेर २६१३.८४ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३८ अंकले घटेको छ । सेसनमा ५७ कम्पनीको कारोबार हुँदा २० वटाको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ । प्रि सेसनमा ६ हजार ७०७ कित्ता सेयर किनबेच हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
Read More
आजको मौसम

आजको मौसम

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । बुधबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ ।
Read More
स्वतन्त्र पत्रकार संघ नेपालको  निर्वाचनका लागि निर्वाचन समिति गठन

स्वतन्त्र पत्रकार संघ नेपालको निर्वाचनका लागि निर्वाचन समिति गठन

मकवानपुर । स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ । अधिवक्ता एवं सञ्चारकर्मी शेखरनाथ पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले अधिवक्ता पोख्रेलको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको थियो । जसको सदस्यमा अधिवक्ताद्वय सुमित्रा देवकोटा र पूर्णचन्द्र चालिसे हुनुहुन्छ । स्वतन्त्र पत्रकार संघ नेपालको १४ औँ वार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशन आगामी २४ फागुनमा नवलपुरको गैंडाकोटमा गर्ने तय भएको छ । साथै, संघले जिल्ला अधिवेशनहरु पुस मसान्तभित्र सम्पन्न गर्ने पनि निर्णय गरेको छ । २०६८ फागुन २४ गते पोखरामा स्थापना…
Read More
आयोगले मतदाताको सहजताका लागि  केही मतदानस्थलको पुनरावलोकन गर्दै

आयोगले मतदाताको सहजताका लागि केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ । नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख…
Read More
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।
Read More
चुनावी प्रयोजनका लागि भारतले १ हजारभन्दा बढी सवारी साधन दिने

चुनावी प्रयोजनका लागि भारतले १ हजारभन्दा बढी सवारी साधन दिने

मकवानपुर । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन दिने भएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भारत सरकारले चुनावी प्रयोजनका लागि एक हजार भन्दा बढी साना ढुला चार पाङ्ग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको रातोपाटीलाई बताए । नेपालस्थित भारतीय दूतावासले आयोगलाई गराएको जानकारी उद्धृत गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘सवारी साधनहरू आयोगले सिधै लिने होइन, अर्थ मन्त्रालयमार्फत सहयोग आउने हो ।’
Read More
शिवमले  छात्रा लक्षित छात्रवृत्ति प्रदान

शिवमले छात्रा लक्षित छात्रवृत्ति प्रदान

मकवानपुर । हेटौंडा–सामुदायीक विद्यालयमा छात्राहरुको आकर्षण घटदै गएको भन्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ती प्रदान गरेको छ । हेटौंडा–१७ हटियास्थित उद्योग प्रभाबित क्षेत्रमा रहेको स्थानिय लक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरुका लागि चालु शैक्षिक सत्रमा विद्यालयले लिने शुल्क प्रदान गरेको हो । विद्यालय सञ्चालनका लागि विद्यालयले विद्यार्थीबाट लिर्दै आएको यस शैक्षिक सत्र मध्य आठ महिनाको शुल्क बापत हुन आउँने १ लाख ७९ हजार ४ सय रुपियाँ मंगलबार विद्यालय परिसरमा औपचारीक कार्यक्रम गर्दै हस्तान्तरण गरेको छ । उद्योगले विद्यालयमा शैक्षिक छात्रा– छात्रवृत्ती वितरण कार्यक्रम गर्दै १७ नम्बर वडा सदस्य लेखकुमारी तिमल्सिनाको…
Read More
विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए । आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्ने छ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुने छ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् । पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा…
Read More
मन्त्रिपरिषद् बैठकका १८ निर्णय

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ  । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का १८ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो । सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिनुभयो । थप निर्णयको सूची
Read More
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला  निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौँ पुगेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौँ पुगेका हुन् । महानगरपालिका प्रमुख दाहालकाअनुसार टोलीले आज प्रधानमन्त्री, अर्थ मन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव, मन्त्रालयका सचिवहरुलाई भेटेर रङ्गशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ । महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भूक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिइन् । धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.