Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एमाले नेता शिवशंकर साह बलात्कार अभियोगमा पक्राउ

एमाले नेता शिवशंकर साह बलात्कार अभियोगमा पक्राउ

मकवानपुर । नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह उर्फ हिरा शााहलाई पक्राउ गरेको छ। साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरि मंगलबार राति धनुषा ल्याइएको हो। प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए । फरारपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको हो । यसैगरी, नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको आरोप छ। प्रहरीका अनुसार…
Read More
सुनसरीमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर इन्जिनियरको नियुक्ति लिएको अभियोगमा मुद्दा दायर

सुनसरीमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर इन्जिनियरको नियुक्ति लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा मण्डलको शैक्षिक प्रमाणपत्र जाँच गर्दा नक्कली पुष्टि गर्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट माध्यामिक तहको परीक्षामा प्रथम श्रेणीमा उर्तिर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यायल परित्याग गरेको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जिल्ला विकास समिति सुनसरीबाट २०५३ साल साउन १ गते सहायक सव–ओभरसियर पदमा नियुक्ति पाएका थिए । सोही शैक्षिक प्रमाणका आधारमा मण्डलले ०६७ साल माघ…
Read More
बहुविवाह मुद्दामा डीएसपी  पक्राउ

बहुविवाह मुद्दामा डीएसपी पक्राउ

बुटवल। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने । नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए । नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले…
Read More
सहिद परिवारको माग : छानबिन होस् र छिटो न्याय पाइयोस्

सहिद परिवारको माग : छानबिन होस् र छिटो न्याय पाइयोस्

काठमाडौँ ।सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वभाविक नै थियो । बौद्धमा क्याफे चलाएर बसेका उनका बाबु बुद्धबहादुर पनि सरकारको सो निर्णयप्रति आक्रोषित बनेका थिए । उनले पनि गत भदौ २३ गते आफ्ना छोरासरहका युवाहरुले गरेको आन्दोलनमा एक्यबद्धता नजनाई रहन सकेनन् । उनी बानेश्वर केन्द्रित आन्दोलनमा सरिक भए । दिन जति बढ्दै…
Read More
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ। सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताउनुभयो। मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुको दोहोरो जिम्मेवारी छ। पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरी र एडभोकेसी कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो।” सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान…
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

मकवानपुर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको…
Read More
कुखुरामा ‘एनेमिया भाइरस’

कुखुरामा ‘एनेमिया भाइरस’

चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनुभयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ ।…
Read More
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
Read More
४६ प्रतिशतले घट्यो गोलभेँडाको मूल्य

४६ प्रतिशतले घट्यो गोलभेँडाको मूल्य

काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार गत बुधबार प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको सानो लोकल गोलभेँडा आज ४२.६७ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाली ठुलो गोलभेँडा पनि अघिल्लो साताको तुलनामा २८.५७ रुपैयाँले घटेको छ । यो गोलभेँडा गत बुधबार प्रतिकिलो १०५ रुपैयाँ पर्ने गरेकोमा आज ७५ रुपैयाँ औसत मूल्य कायम भएको छ । यस्तै भारतीय सानो गोलभेँडा पनि २८.५७ प्रतिशतले घटेको छ गत साता यो गोलभेँडा ७७ रुपैयाँ रहेकोमा आज ५५ रुपैयाँ औसत मूल्य कायम भएको छ । सानो तराई गोलभेँडा २३।९३ प्रतिशतले घटेर…
Read More
नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ। उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो। सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ । धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो। त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ। काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.