Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

मकवानपुर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार, गएराति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो । उपचारकै क्रममा आज बिहान ४ बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ…
Read More
धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

मकवानपुर । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन् । उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ । उनको शव श्रीमतीले सनाखत गरेकी छिन् ।
Read More
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मकवानपुर । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो ।
Read More
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

मकवानपुर । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

मकवानपुर । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीच खेल हुन लागेको हो । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबिच हुनेछ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौंले भने ६ खेलबाट ८ अंक जोडेको छ भने पोखराले ५ खेलबाट ४ अंक मात्र जोडेको छ। त्यसैले प्लेअफको सम्भावना जीवित राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई पनि प्लेअफका…
Read More
कास्कीमा दुई पुल प्रयोगविहीन

कास्कीमा दुई पुल प्रयोगविहीन

मकवानपुर । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् । दशकअघि ढल्के र झौरीखेत जोड्ने गरी बनेको झोलुङ्गे पुल अझै प्रयोगमा आउन सकेको छैन । दुवैतिर निजी जग्गा भएकाले पुल प्रयोगमा आउन नसकेको हो । झोलुङ्गे पुल अलपत्र बनेकै बेला त्योभन्दा केही तल बनेको पक्की पुल पनि प्रयोगविहीन छ । पक्की पुलको वडा नम्बर १३ तिर निकास भए पनि २६ तिर भने बाटो छैन । खोला छेउसम्मै व्यक्तिको जग्गा पर्छ । पुल निर्माण सकिएर २०७९ चैत ३० गते तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको…
Read More
शनिबारदेखि कान्ति लोकपथ  दैनिक छ घण्टा बन्द हुने

शनिबारदेखि कान्ति लोकपथ दैनिक छ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथका विभिन्न भागमा सडक फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन लागि शनिबारदेखि अर्थात् मङ्सिर २० गतेबाट ६० दिनसम्म बिहान ११ देखि अपराह्न ५ बजेसम्म सवारी साधन आउजाउ गर्न रोक लगाएको हो । कान्ति राजमार्ग सडक आयोजना एकान्तकुनाद्वारा जारी सूचनामा कान्ति लोकपथको विभिन्न भागमा सडक कटिङ गर्नु पर्ने र पहिरो पन्छाउनु पर्ने भएकाले दैनिक छ घण्टा सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको उल्लेख गरेको छ । कान्ति राजमार्ग…
Read More
‘अपाङ्गता भएकाहरुको प्रतिभालाई मञ्च दिनुपर्छ’

‘अपाङ्गता भएकाहरुको प्रतिभालाई मञ्च दिनुपर्छ’

मकवानपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुमा भएको कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरले बुधवार ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले हरेक व्यक्तिमा लुकेको प्रतिभा हुन्छ, सो प्रतिभालाई फक्रने अवसर अभिभावक, शिक्षक तथा स्थानीय तहले योजना र लगानीसहित भौतिक तथा सांस्कृतिक वातावरण तयार गर्दै जानुपर्नेमा जोड दिनुभयो । ललितपुर महानगर प्रमुख महर्जनले ललितपुरका अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि नयाँ बनेका र पुराना संरचनाहरु समेत अपाङ्गतामैत्री बनाउँदै गएको र यातायातको सुविधा, अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि गायन, वाद्यवादन, नृत्य र चित्रकला…
Read More
हेटौंडाको सडक विस्तार हुनुपर्छ: सुदन गुरुङ

हेटौंडाको सडक विस्तार हुनुपर्छ: सुदन गुरुङ

मकवानपुर ।लामो समयदेखि अवरोध रहेको बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तारमा विवाद हुन थालेपछि जेनजीहरु पनि चासो देखाउन थालेका छन् । सडक विस्तारको विरुद्धमा हेटौंडाका मेन रोडका व्यवसायी र घरधनीले विरोध गरेपछि जेनजी अगुवा सुदन गुरुङले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको जगमा सुरु भएको विकास निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘धेरै लामो समयदेखि केही तत्त्वहरूले अवरोध गरिरहँदा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा नगर क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । तर, सम्माननीय सर्वोच्च अदालतको मिति २०८० पुस १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन दिएको छ ।’ विगतमा विभिन्न शक्ति केन्द्रको प्रभाव, राजनीतिक…
Read More
हातहतियारसहित एक व्यक्ति पक्राउ

हातहतियारसहित एक व्यक्ति पक्राउ

मकवानपुर । जिल्लाको सरुमारानी गाउँपालिका –६ पाङकोटका एक व्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । मंसिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदैगरेका ४२ वर्षीय मानबहादुर बुढाको साथमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भिंगृ र प्रहरी चौकी बड्डाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुकजस्तै देखिने दुई थान, भरुवा पेस्तोलजस्तै तीन थान, हतियारमा प्रयोग हुने करिब ८० ग्राम बारुदजस्तो पदार्थ, फलामका छर्रा ३५ थान र प्लास्टिकका सिसीहरू बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद सामग्रीसहित बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.