२०८२ आश्विन ३०, बिहीबार ०६:१५
२०८२ आश्विन ३०, बिहीबार ०६:१५
मकवानपुर । सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर १० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । बुधबार सोही ठाउँ बस्ने ३५ वर्षीय प्रमोद यादवले चलाइराखेको स ९ प ९०३९ नम्बरको मोटरसाइकलमा पछाडि सवार भई सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते यादवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएकोमा अवस्था गम्भीर बन्दै जाँदा उपचार खर्चको अभावमा परिवारजनले पुनः बिहीबार गजेन्द्रनारायण सिंह…