Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रुपन्देहीलगायतका जिल्लामा हावाहुरीको सम्भावना छ । हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । आज लुम्बिनी प्रदेशको तराई भागका एकरदुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुनेछ…
Read More
विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

काठमाण्डौं । गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ५७ मिलिमिटर वर्षा मापन भएको छ । पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो । हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी…
Read More
क्रिकेट खेलाडीको वर्गीकरण

क्रिकेट खेलाडीको वर्गीकरण

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ । पहिलो पटक क्यानले ‘ए प्लस’ श्रेणी थपेको छ । पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा एक दिवसीय कप्तान रोहितकुमार पौडेल, टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी गरी ४ जना छन् । यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् । ‘सी’ श्रेणीमा सन्दीप…
Read More
शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ हजार ७८६ दशमलव ३५ विन्दुमा पुगेको छ । । नेप्से झन्डै १ महिनायताकै उच्च विन्दुमा पुगेको हो । गएको वैशाख १४ गते नेप्से २ हजार ७९६ विन्दुमा पुगेको थियो । आज म्युचल फन्ड बाहेक सबै समूहका सूचक बढेकामा जलविद्युत् समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ । आज २३५ वटा कम्पनीको शेयर बढेकामा २८ वटाका घटेका छन् । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् । आज थ्री स्टार हाइड्रोपावरको शेयर ९ प्रतिशतले बढेको…
Read More
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ बीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्तो सम्झौतारप्रतिबद्वता भएको हो । सम्झौतारप्रतिबद्वता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि, हेटौँडा-४ को तर्फबाट प्रअ सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ को तर्फबाट प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका, साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकूद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता…
Read More
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक सुरु भएको हो । यसअघि जेठ ४ गतेको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु पालले गुण्डु बैठक जारी रहेको जानकारी दिइन् । महासचिव पोखरेलको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मंसिर २७ देखि २९ मा भएको ११ औँ महाधिवेशनपछि…
Read More
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ थियो ।
Read More
संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाण्डौं । संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ । संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानुनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् । यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने बताउनुभएको…
Read More
अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

काठमाण्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव माग्नुभएको हो । भेटका क्रममा मन्त्री डा वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ । बजेट निर्माणमा पूर्वअर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुशरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो । छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरुले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा…
Read More
मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी

मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ । सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.