Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट लडेर राक्सिराङका भुवनको मृत्यु

मकवानपुर । हेटौँडा–४ कर्राचोकमा बिजुलीको पोलबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ घर भई हाल हेटौंडा–१ चौकीटोल बस्ने १८ वर्षीय भुवन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा बिजुलीको पोल चढेर इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
आईएसओमा जाँदै भुटनदेवी मावि

आईएसओमा जाँदै भुटनदेवी मावि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले भौतिक तथा शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय गुणस्तरमा लैजाने भएको छ । भुटनदेवी मावि र ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधिबीच आइतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झौता भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ र विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । एक वर्षभित्र अर्थात् आगामी २०८३ चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिसक्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन…
Read More
कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालकाअनुसार पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको हो । बैठकले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र…
Read More
१२ हजार पाँच सय रूपैयाँले  घट्यो सुनको मुल्य

१२ हजार पाँच सय रूपैयाँले घट्यो सुनको मुल्य

मकवानपुर । नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला चार हजार पाँच सय ४० कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय…
Read More
पाल्पामा टिपर दुर्घटना: ४ जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना: ४ जनाको मृत्यु

मकवानपुर । पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो। माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय…
Read More
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ । मकवापुर जिल्ला खेलकुद विकास समितिलाई आयोजना गरेको दोस्रो बृहत् खेलको कृषि तथा पर्यटन महोत्सवमा आज आइतबार बिहान भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै बाग्मती प्रदेशको केशवलाल श्रेष्ठ समिति केन्द्रीय प्रतिष्ठान फाइनलमा प्रवेश गरेको हो । अब आज आइतबार दिउँसो हुने फाइनल खेलमा केशव लाल स्मृति प्रतिष्ठानले काठमाडौँको न्यू डायमण्ड क्लबसँग सामना गर्नुपर्नेछ । दिउँसो १ बजेबाट सुरु हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदानमा उत्रिनेछन् ।…
Read More
सुनकाे भाउ एकैदिन ७ हजार ८०० ले घट्याे, ताेलाकाे २ लाख ९४ हजार ५०० रुपैयाँ

सुनकाे भाउ एकैदिन ७ हजार ८०० ले घट्याे, ताेलाकाे २ लाख ९४ हजार ५०० रुपैयाँ

काठमाण्डौ । हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो । सुनको भाउ तीन दिनयता घटिरहेको छ । अस्ति बुधवार तोलाको ३ लाख ७ हजार ७०० रहेको सुनको भाउ हिजो ५ हजार ४०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ रहेको थियो…
Read More
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण चैत २० मा टुंगिने

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण चैत २० मा टुंगिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिम पटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभा हलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी…
Read More
विश्व हिमनदी दिवस मनाइँदै आज

विश्व हिमनदी दिवस मनाइँदै आज

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र…
Read More
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

मकवानपुर । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत)बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.