Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

काठमाण्डौं । तीव्र प्रतिस्पर्धाबीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले २–१ को नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५२औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल २–१ ले विजयी भयो । खेलको अन्तिम १५ सेकेन्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन । योसँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम…
Read More
चितवन र काठमाडौंमा बर्डफ्लु देखिएपछि मकवानपुर उच्च जोखिममा

चितवन र काठमाडौंमा बर्डफ्लु देखिएपछि मकवानपुर उच्च जोखिममा

हेटौँडा। छिमेकी जिल्ला चितवन तथा काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण देखिएसँगै मकवानपुर जिल्ला पनि उच्च जोखिममा परेको छ। कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित ओसारपसार र विभिन्न जिल्लासँगको सहज आवतजावतका कारण संक्रमण मकवानपुरमा फैलिन सक्ने जोखिम बढेको सरोकारवालाले बताएका छन्। जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा रामप्रकाश प्रधानका अनुसार चितवन र काठमाडौंमा बर्डफ्लु पुष्टि भइसकेकाले मकवानपुरलाई पनि संवेदनशील जिल्लाका रूपमा हेरिएको छ। संक्रमण भित्रिन नदिन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए। उनका अनुसार मकवानपुर हुँदै दैनिक रूपमा विभिन्न जिल्लाबाट कुखुरा, चल्ला, दाना तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुने भएकाले संक्रमणको जोखिम अझ बढेको छ। यही कारण…
Read More
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाण्डौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिनकुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनुभएको हो । रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै १८ वर्षभन्दा कम उमेरका ३५ हजार २ सय ५७ व्यक्ति पार्टीको सदस्य रहेको भनी केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । रास्वपा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध…
Read More
पश्चिम तराईका केही जिल्लामा बाढीको जोखिम

पश्चिम तराईका केही जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज पश्चिम तराईका जिल्लाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको छ । यस्तै देशका धेरैजसो ठाउँका स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ  । नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ । गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परे पनि अहिले भने वर्षा कम भएको छ । दिउँसो भने सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको…
Read More
६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
Read More
चाैघडामा खुल्याे  सर्बाेतम सुन्दर संचिती सहकारीको  पसल

चाैघडामा खुल्याे सर्बाेतम सुन्दर संचिती सहकारीको पसल

हेटौडा । हेटौडा - ८ कमानेमा रहेको सर्बोतम सुन्दर संचिती सहकारीले चौघडामा सुपथ मूल्य सहकारी पसल बिहिवारदेखि सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्नुको साथै स्वच्छ र गुणस्तरीय सामान उपभोक्ताहरुको भान्सा सम्म पुर्याउन पसल सञ्चालन गरिएको हो । मिनि मार्टको एक समारोहका विच हेटौडा-६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलले उदघाटन गर्नु भयो । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै सहकारीले सर्वसुलभ र स्वस्थवर्धक सामान विक्री गर्दै सहकारी संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरेकोमा कार्यवाहक वडा अध्यक्ष पौडेलले खुशी ब्यक्त गर्नु भयो । सहकारी संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाधयक्षतामा भएको उदघाट्न कार्यक्रममा हेटौडा -६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,…
Read More
बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश

बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौं । फिफा विश्वकप २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रि–क्वाटरफाइनल मा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन । खेलको ६४औँ मिनेटमा गोलकर्ता बलोगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यससँगै अमेरिका बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो। यस्तै ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए । १०…
Read More
बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रकाशन गर्ने अभ्यास सुरु गरेको छ। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायतर्फ सञ्चालित स्नातक तहको पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सकिएको सातौं दिनमै सार्वजनिक गरेको हो। विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यअनुसार नतिजा समयमै प्रकाशन गरिएको हो। उनले आगामी दिनमा पनि परीक्षा र नतिजा प्रकाशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने बताए। बागमती प्रदेश विश्वविद्यालयले करिब एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि…
Read More
हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भनिएको उक्त सडक अब असार २५ गतेसम्म सञ्चालनमा नआउने भएको हो। सडक पूर्वाधार विकास कार्यालय, हेटौंडाले निर्माण कार्य पूरा गर्न थप समय आवश्यक परेकाले सडक बन्द अवधि १० दिन थपिएको जनाएको छ। कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर सुजन भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा रहेको महालक्ष्मी खोलामाथिको पुल तथा सडकको स्लोप निर्माणको काम सम्पन्न भए पनि कंक्रिट पूर्ण रूपमा सेट हुन समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। कार्यालयले सडकको स्लोप अझै पूर्ण…
Read More
हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिरहेका छन्। उत्पादन बढे पनि बजारीकरणमा समस्या देखिन थालेपछि नेपालमै पहिलो पटक हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरु गरिएको छ। ‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट’ भन्ने नारासहित सुरु भएको महोत्सवमा किसानहरूले आफ्नै उत्पादन सिधै बिक्री गरिरहेका छन्। बजारमा प्रतिकिलो ५०० रुपैयाँसम्म पर्ने ड्रागन फ्रुट महोत्सवमा प्रतिकिलो २ सय रुपैँया देखि २६० रुपैयाँमै बिक्री भइरहेको छ। यसले किसानलाई उचित बजार र उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय फल उपलब्ध गराएको छ। प्रदेश कृषि थोक बजार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.