Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मकवानपुर ।  दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो । घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।
Read More
शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

मकवानपुर । अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। चिसोको प्रभाव बढ्दै गएपछि विभिन्न स्थानीय तहले सावधानीस्वरूप सामुदायिक तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिन थालेका छन्। महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकाले मङ्गलबारदेखि शुक्रवार सम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेर दैनिक जनजीवन कष्टकर बनेपछि बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको भंगहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार साहले जानकारी दिनुभयो। उहाँका अनुसार मौसम सामान्य नहुन्जेलसम्म विद्यालय सञ्चालन गर्नु…
Read More
लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

काठमाडौँ । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा परी निधन भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अङ्कारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अङ्काराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अङ्काराको…
Read More
आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू. चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु। दुई लाख ५८ हजार ३००मा र चाँदी रु। चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु। दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु।…
Read More
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

मकवानपुर । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ । यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो…
Read More
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त…
Read More
चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्यधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्द गरी पोखरा झर्नुभएको छ । बिहान–बेलुका माइनस तापक्रमका कारण २४ नम्बर पिल्लर आसपासमा रहेका अधिकांश पसल बन्द गरी जाडो छल्न बेँसी झरिसकेका छन् । करिब ५४ वटा पसल रहेकोमा अत्यधिक चिसोका कारण सीमापारि चिनियाँ बजारमा व्यवसाय गर्न जानेको सङ्ख्या घट्दै गएको छ । कोरला नाका क्षेत्रमा करिब एक सय ५४ जना स्थानीयले व्यवसाय गर्ने गरेकोमा अहिले विद्युतीय सवारीसाधन ल्याउने, सामान ढुवानी गर्नेहरूलाई चिया, नास्ता र खाना खुवाउन दुई–चारवटा पसलबाहेक सबै बन्द भएको युवा व्यवसायी पेमा छिरिङ गुरूङले बताउनुभयो । गुरूङ भन्नुहुन्छ,…
Read More
काठमाडौंका १०७ विद्यालय खारेजीको तयारी

काठमाडौंका १०७ विद्यालय खारेजीको तयारी

मकवानपुर । काठमाडौं महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो। स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो। तोकिएको समयभित्र सम्पर्क…
Read More
१२ कक्षाको परीक्षाका लागि आवेदन फाराम खुल्यो

१२ कक्षाको परीक्षाका लागि आवेदन फाराम खुल्यो

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले जानकारी दिएको छ । २०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.