Alag Dhar

Breaking News 1


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् । यसैगरी ललितपुर २ मा जगदिश खरेल…
Read More

मकवानपुरमा मतदान शुरू, मतदातामा उत्साह

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा मतदान शुरू भएको छ । मकवानपुरको १० वटै पालिकाका मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरू भएको हो । सबै मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान हुनेछन् । मतदान पश्चात हेटौंडा-४ स्थित भुटनदेवी माविको भवनमा मतगणना हुनेछ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ । मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने…
Read More
मकवानपुरमा निर्वाचनको अन्तिम तयारी सम्पन्न,तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

मकवानपुरमा निर्वाचनको अन्तिम तयारी सम्पन्न,तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

मकवानपुर । भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए । मकवानपुर जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवि माध्यमिक बिद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको छ । उनका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ ।…
Read More
मौन अवधिमा प्रचार गतिविधि निषेध

मौन अवधिमा प्रचार गतिविधि निषेध

मकवानपुर । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२ः०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ सङ्गठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए । सो अवधिमा निर्वाचन प्रचासप्रसारलगायत सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला नगर्न, मतदान हुने दिनको…
Read More
मकवानपुरका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो

मकवानपुरका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो

मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सामग्री बुझाउने कार्य सुरु गरिएको थियो भने सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले दिएको जानकारी अनुसार मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री सहित मतदान अधिकृतहरु पुगिसकेको र आज सर्बदलिय बैठक बस्ने अनी निर्वाचनका लागि बुथ निर्माण गर्ने काम हुने छ । जिल्लाका सबै केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका निर्देशन पुस्तिका, स्याही,…
Read More
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

मकवानपुर । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ रहको थियो । हिजो मध्यपूर्वका देशमा तनाव बढेसँगै त्यसको प्रभाव सुनचाँदीको भाउमा परेको हुन सक्ने व्यवसायीको अनुमान छ । आज चाँदीको भाउ तोलामा २ सय ४५ रुपैयाँले बढेको छ । चाँदी…
Read More
प्रेम सम्बन्धका कारण युवकको हत्या

प्रेम सम्बन्धका कारण युवकको हत्या

धनुषा । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । गत फागुन १४ गते बिहीवार अपरान्ह करिव ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । प्रहरीको प्रारम्भिक…
Read More

मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

हेटौँडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रामेश्वर राना ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। शुक्रबार हेटौँडा मा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार रानाले वर्तमान निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, वैदेशिक हस्तक्षेपको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण तथा लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा बोल्दै रानाले संविधान र गणतन्त्र रगतसँग साटेर प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा गर्ने जिम्मेवारी नेकपा एमाले को काँधमा रहेको स्पष्ट पार्नुभयो।…
Read More

हेटौंडामा बालेनको तस्वीर अंकित टिर्सट  प्रशासनद्वारा जफत

हेटौंडा : फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दे विक्री वितरणका लागि राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) को तस्वीर अंकित टिर्सट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जफत गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीसहितको टोलीले अनुगमनको क्रममा हेटौडा बजार क्षेत्रमा विक्री वितरणका लागि राखिएको रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहकोे तस्वीर अंकित टिसर्ट फेला पारी जफत गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै होली पर्वका नाममा उम्मेदवारको तस्वीर अंकित टिसर्ट विक्री वितरणको लागि राखिएको र उक्त कार्य निर्वाचन आचारसंहिताको विपरित भएको…
Read More
गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते

गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः४० बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो । प्रहरीका अनुसार दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य गरी कुल १४ जना घाइते भएका छन् । उनीहरूको हेटौंडास्थित सीएमसी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.