Alag Dhar

Breaking News 2


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
कलाकार सुनिल थापाको निधन

कलाकार सुनिल थापाको निधन

मकवानपुर । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ । ६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ । थापाको परिवार भारतको मुम्बईमा रहेको र परिवारका सदस्य काठमाण्डौ आइपुगेपछि मात्रै अरु प्रकृया हुने कलाकार…
Read More
मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मकवानपुर । पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी-७ शिविरमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाईते हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दिप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी रहेका छन । दुबैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । शुक्रबार बिहान हेटौंडाबाट चितवन तर्फ लोड गरेको चामल लिइ जाँदै गरेको ना ६ ख ६५७४ नं. को ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टेको थियो । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक बिसुनदेब महत्तोको कमाण्डमा ट्राफिकसहितको ५ जनाको टोली पुगेको थियो । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेको…
Read More
मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ । हेटौंडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिकाका वडाहरुमा चहलपहल बढेको हो । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी रणनीति बनाउन पार्टीका आन्तरिक बैठक र भेला पनि जारी छन् । नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतका अनुसार जिल्लाका सबै वडामा पार्टी प्रतिनिधि परिचालन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल स्थानीय तहमा निर्वाचन परिचालन एवं प्रचारप्रसार कमिटी गठन गरेर चुनावमा होमिएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय…
Read More
आज विश्व क्यान्सर दिवस मनाईंदै

आज विश्व क्यान्सर दिवस मनाईंदै

मकवानपुर । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर शुरूआती उपचारबाट निको पनि हुन्छ । नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ । समय समयमा स्वास्थ्य जाँच नगराउने प्रवृत्तिले क्यान्सरको पहिचानमा समस्या र रोग जटिल अवस्थामा पुगेपछि गरिने उपचारमा लाग्ने खर्च महँगो छ । जाँडरक्सी र…
Read More
थाहा क्षेत्रमा दुर्लभ वन्यजन्तु पोथी चितुवा मृत फेला

थाहा क्षेत्रमा दुर्लभ वन्यजन्तु पोथी चितुवा मृत फेला

मकवानपुर । मकवानपुरमा एक पोथी चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा मृत फेला परेको हो । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मृत चितुवा ३९ केजी तौलको छ । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण खुलेको छैन । सो चितुवालाई मार्गिन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि लगायतको रोहवरमा चित्लाङस्थित गोदाम चौरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Read More
भिमफेदी कारागारबाट फरार तीन कैदी पक्राउ

भिमफेदी कारागारबाट फरार तीन कैदी पक्राउ

मकवानपुर ।  जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका तीन जना कैदी–बन्दीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनका बेला भिमफेदी कारागारबाट फरार भएका दुई जना कैदी र बालसुधार गृह हेटौँडाबाट फरार भएका एक जना बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका बागमती गाउँपालिका–६ कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङ्तान र लागूऔषध ट्रामाडोल मुद्दाका हेटौँडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय विशाल गोले रहेका छन्। त्यसैगरी, बालसुधार गृह हेटौँडाबाट फरार भएका लागूऔषध ब्राउन सुगर मुद्दाका एक जना बालकलाई पनि प्रहरीले फेला…
Read More
भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

हेटौंडा । भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाएका छन् । विगतमा भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट अवैध रूपमा मकवानपुरमा दूध भित्रिने गरेकाले स्थानीय किसानले उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए । तर यस वर्ष भारतमा दूधको मूल्य नेपाली दूधसरह पुगेपछि अवस्था उल्टिएको छ । अघिल्ला वर्षहरूमा यही मौसममा भारतबाट अवैध रूपमा दूध भित्रिँदा मकवानपुरसहित बागमती प्रदेशका किसानले उत्पादन खपत गर्न नसकेर प्रशोधन उद्योगमा पठाउन बाध्य हुन्थे । कतिपय अवस्थामा दूध बिक्री नभएपछि ‘मिल्क होलिडे’ समेत गर्नुपरेको थियो । तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि भारतीय दूध नेपाल भित्रिन बन्द…
Read More
मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, ३८ यात्रु घाइते

मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, ३८ यात्रु घाइते

मकवानपुर । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ । बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।
Read More
मकवानपुरको इन्द्र सरोवरमा पानी बोकेको गाडी खस्यो

मकवानपुरको इन्द्र सरोवरमा पानी बोकेको गाडी खस्यो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर–१ मार्खुचौरमा पानी बोकेको गाडी इन्द्रसरोवरमा खसेको छ। मार्खु–कंलकी सडक खण्डमा कलंकीबाट मार्खु गइरहेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर बोकेको आईचर गाडी रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढेर सडकबाट १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको हो। मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादवको टोली घटनास्थल पुगेर तालमा डुबिरहेको गाडी निकाल्ने प्रयास गरिरहेको छ। गाडीसाहु ललितपुर–११ ‍शङ्खमुलका दिगज अमात्य, चालक गोरखा, सुलिगढ–१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुर, मकवानपुरगढी–३ का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा छन्। गाडी तालमा खसे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
Read More
हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी

हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गएराति भीषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा अचानक विद्युत् सर्टसर्किट भई आगो सल्किएको हो। आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोका कारण गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएन। प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। रातिको समयमा आगलागी भएपछि तत्काल नियन्त्रण प्रयास गरिए पनि आगो तीव्र भएकाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.