२०८१ फाल्गुन २, शुक्रबार १२:३१
२०८१ फाल्गुन २, शुक्रबार १२:३१
केशव अधिकारी – वि.सं १८२६ मंसिर १ गते गोर्खाका राजा पृथ्वी नारायण शाहले भक्तपुरमाथि आक्रमण गर्नुपूर्व काठमाण्डौं, पाटन र कीर्तिपुरलाई आफ्नो राज्यमा गाभिसकेका थिए । भक्तपुर आक्रमणको ३ दिनपछि अन्तत ः भक्तपुरलाई पनि राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य गोर्खामा गाम्भ सफल भए । त्यसपछिबाट नै सुरु भएको थियो उपत्यकाबाट बसाइसराइको एउटा टीठ लाग्दो मेलो । यही मेलोमा उपत्यकाभित्र रहेका केही नेवारहरु पूर्व पुगे भने कोही पश्चिम । त अधिकाँशले उपत्यकासँग जोडिएका भूभाग रोजे । यही रोजाईले बन्यो एउटा ऐतिहासिक बजार, जुन अहिले चौतारा नामले परिचित छ । चौतारा बजार उपत्यकाबाट बसाइसाराइ गरेर आएका तीन खलकले बसालेको एउटा बजार हो ।…