Alag Dhar

Breaking News 2


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता र शैक्षिक मेला आयोजना

हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता र शैक्षिक मेला आयोजना

मकवानपुर । हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रबद्र्धन प्रदर्शनीसँगै नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको छ । यही माघ १६ र माघ १७ गते हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास नगर समन्वय समिति लगायत विभिन्न निकाहरुको समन्वयमा घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको हो । बिहीबार हेटौंडा–१० नम्बर वडाका वडाध्यक्ष फूर्वादोर्जे लामाले पत्रकार सम्मेलनको आयोजना गर्दै १९ वटै वडाबाट तालिम लिएर तालिम तथा सीप लाई सदुपयोग गर्दै साना उद्योग तथा लघु उद्यमीहरुबाट स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र रोजगार सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको…
Read More
इजाजत प्राप्त हातहतियार बुझाउन मकवानपुर प्रशासनको आग्रह

इजाजत प्राप्त हातहतियार बुझाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका हातहतियार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन आह्वान गरेको हो । निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियारहरू संकलन गर्न लागिएको प्रशासनले जनाएको छ । यसरी बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक महिनापश्चात सम्बन्धित धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले…
Read More
प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। शुक्रबार हेटौँडामा सम्पन्न जिल्ला बैठकले ध्रुवराज ढकाललाई अध्यक्ष चयन गरेको हो। बैठकले राजेन्द्र सिंखडा (दारी बा) लाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। प्रदेश कमिटीको पुस २० गतेको परिपत्रअनुसार जिल्ला नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ। संगठनलाई थप बलियो बनाउने उद्देश्यले बैठकले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। साथै, फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू सर्वसम्मत रूपमा टुंगो लगाइएको छ। निर्णयअनुसार मकवानपुर क्षेत्र नम्बर–१ बाट तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम…
Read More
मगर समुदायले मनाए माघे संक्रान्ति

मगर समुदायले मनाए माघे संक्रान्ति

काठमाडौंं। काठमाडौंं उपत्यकामा बसोवास गर्ने मगर समुदायले भव्यताका साथ माघे संक्रान्ति मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो । जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो। नेपालको प्रायः सबै जिल्लामा बसोवास गर्दै आएका मगरले विभिन्न चाडपर्व भव्यतासाथ मनाउने गर्छन्। माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन् । यसलाई मगर समुदायले माघे सकरातीको नाममा मनाउने गर्छन् । यो विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। सकरातीमा मगर जातिका कुलदेवताको…
Read More
हेटौंडामा तरुल-सखरखण्ड-पिडालुको माग बढ्यो

हेटौंडामा तरुल-सखरखण्ड-पिडालुको माग बढ्यो

मकवानपुर । माघ १ गते मनाइने माघे सङ्क्रान्ती पर्व नजिकिँदै जाँदा तरुल, सखरखण्ड र पिडालुजस्ता परम्परागत परिकारहरूको माग उल्लेख्य रूपमा बढेको छ। माघे सङ्क्रान्तीमा विशेष परिकारका रूपमा यी वस्तु खाने परम्परा रहेकाले अहिले हेटौंडाको तरकारी बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै उपभोक्ताहरू आवश्यक सामग्री खरिदमा जुटेपछि बजारमा बिहानैदेखि भीड देखिन थालेको छ। हेटौंडा बजारमा अहिले तराई र मकवानपुरका गाउँगाउँबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको छ ।  व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा तरुल, सखरखण्ड र पिडालुको बिक्री बढेको छ भने माग बढेसँगै केही वस्तुको मूल्यसमेत सामान्य रूपमा बढेको छ। माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु,…
Read More
मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फ सीमान्तकृत चेपाङ समुदायका तीन जना उम्मेदवार विभिन्न राजनीतिक दलको बन्दसूचीमा समेटिएका छन्। संविधान सभा सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरका एक र चितवनका दुई जना गरी तीन जना चेपाङ समुदायका व्यक्तिहरू प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका हुन्। नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नवगठित गतिशील लोकतान्त्रिक पार्टीले एक–एक जना चेपाङ समुदायका उम्मेदवारलाई बन्दसूचीमा राखेका छन्। नेकपाबाट मकवानपुरको साबिक हाँडीखोला गाविस, हाल मनहरी गाउँपालिका–३ सिद्धकालीका मङ्गलसिंह चेपाङ प्रतिनिधि सभा समानुपातिक सूचीमा समेटिनुभएको छ। त्यस्तै एमालेबाट चितवनको कालिका नगरपालिका– शक्तिखोरका सन्तबहादुर चेपाङ सूचीमा पर्नुभएको छ…
Read More

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न प्रदेश सरकारको पहल

मकवानपुर । बागमती प्रदेशको श्रम ,रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई तीव्र बनाएको छ। शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा मन्त्रालयले प्रदेशभरिका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवाला निकायहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले अनौपचारिक क्षेत्रका श्रमिकहरू प्रायः आधारभूत सुरक्षाविना काम गर्न बाध्य रहेको उल्लेख गर्दै कोषमा उनीहरूको सहभागिता सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। उनले स्थानीय तहले प्रत्येक वडामा सामाजिक सुरक्षा कोषसँग सम्बन्धित प्रचार–प्रसार तथा आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। मन्त्री थापाले प्रत्येक…
Read More

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । जेसीआई हेटौंडाले मकवानपुरगढी गाउँपालिका-६, गुर्दाङस्थित एक विपन्न घरपरिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग गरेको छ । सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न खाद्यान्न सामाग्री वितरण कार्यक्रमको संयोजक सरोज घिमिरे तथा मकवानपुरगढी गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक बखान सिंह पाख्रीन प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । ​संस्थाका सदस्य तथा शुभेच्छुकहरुको सहयोगमा संकलन भएका राहत सामग्रीहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी गराए । सहयोगी दाताहरूले चामल, चाउचाउ, बिस्कुट, दाल, तेल, चिउरा, भुजा, मस्यौरा, नगद, मोजा/जुत्ता र ब्ल्याङ्केट (कम्बल) जस्ता अत्यावश्यक वस्तुहरु सहयोग गरेका थिए । जेसीआई हेटौंडाले सामाजिक…
Read More
कात्तिके र  बिसौनागाउँ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

कात्तिके र बिसौनागाउँ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

केशव अधिकारी  जलविरे  – जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र - १ का स‌ंघीय सांसद माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल,अमृता नेपाल ‘प्रभा’ र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादीका नेता कार्यकर्ता र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै संघीय सांसद सापकोटाले भौतिक पूर्वाधार विकासमा स्थानीय तह,प्रदेश र संघीय सरकारको सहकार्य महत्वपूर्ण हुने…
Read More
बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

रामकृष्ण थापा – गत असाेज १२ गतेकाे बाढीपहिरोले भाेटेकाेसी नदी लार्चास्थित बेलिब्रिज बगायाे । साेही दिन लिपिङखाेलाकाे पक्कीपुल पनि बगायाे । त्यस दिनदेखि बन्द तातोपानी नाका ह्युमपाइप राखेर २६ दिनपछि खुला भयाे अस्थायी रुपमा । लिपिङखाेलामा ६ माघदेखि बेलिब्रिज जडानकाे काम सुरु भयाे । २२ दिनपछि २८ माघबाट पुनः नाका सञ्चालनमा आएको छ । प्राकृतिक विपत्तिले सिर्जना गरेका अड्चनले याे आर्थिक वर्षमा हालसम्म दुई महिना जति आयात/ निर्यात ठप्प रहन गयाे । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, प्राकृतिक विपत्तिबाट सिर्जित समस्याले राजस्व संकलनमा धेरै असर गरेकाे छ । दैनिक पाँच कराेडकाे सरदर हिसाबले पनि दुई महिनामा भन्सारले करिब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.