Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नवलपुरका २१ विद्यालयमा फुटबल वितरण

नवलपुरका २१ विद्यालयमा फुटबल वितरण

मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तरगत बिहीबार नवलपुरका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ । कावासोती तीन स्थित सिद्धार्थ आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्नुभएको हो । कावासोती १२ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति अध्यक्ष ध्रुव खनाल (दिपेश), (एन्फा) उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा सदस्य भरत बुुडा थापा र पुरुषोत्तम थापा लगायतको उपस्थितिमा फुटबल हस्तान्तरण गरिएको हो । प्याब्सन नवलपुरका अध्यक्ष समेत रहनुभएका कावासोती १६ डण्डामा रहेको नवलपुर एकेडेमीका प्रिन्सिपल हरिहर अधिकारीलाई फुटबल हस्तान्तरण गरि…
Read More
विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

मकवानपुर । दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४० रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो । बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल…
Read More
आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले  पहिला ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

मकवानपुर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार…
Read More
आइसिसी विश्वकप क्रिकेट लिग–२ आज नेपाल र युएईबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग–२ आज नेपाल र युएईबीच प्रतिस्पर्धा

मकवानपुर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित…
Read More
इडब्लुभिएलका खेल अब काठमाडौँमा

इडब्लुभिएलका खेल अब काठमाडौँमा

मकवानपुर । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुन: सुचारु हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कात्तिक २६ देखि २९ सम्म चल्ने जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ । इडब्लुभिएलको दोस्रो संस्करण गत भदौ २० देखि २८ गतेसम्म पोखरा रङगशालास्थित कभर्डहलमा भईरहेको थियो । तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित गरिएको थियो । आयोजकले डेढ महिनापछि आयोजकले नयाँ मिति घोषणा गरेको हो । लिगका कुल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् ।
Read More
नेपाल स्ट्रीट प्रिमियर लिग सुरु

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु

मकवानपुर । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) तल्लो मुलपानी मैदानमा सुरु भएको छ । डे–नाइट मोडमा सञ्चालित प्रतियोगिताको पहिलो दिन सोमबार अपन जनकपुरले काठमाडौँ किङ्सलाई ३७ रनले हरायो । यस्तै दोस्रो खेलमा बिराटनगत रोयल्सले लुम्बिनी राईडर्स लाई १३ रनले पराजित गरेको छ । अर्को खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाईल्यान्दर्समाथि तीन रनको रोमाञ्चक जित निकाल्यो ।
Read More
तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हरायो

तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हरायो

मकवानपुर । तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हराएको छ । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका वाशिङ्गटन सुन्दरले नटआउट ४९ रन बनाए । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अस्ट्रेलियाका टिम डेभिडले ७४, मार्कस स्टोइनिसले ६४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए । योसँगै ५ खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो…
Read More
शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो सातामा हुने

शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो सातामा हुने

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको वार्षिक कार्यक्रम अन्तर्गतको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । बुधबार मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयमा सम्पन्न बैठकले आगामी मंसिर ५ र ६ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । शारदा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्ने भएको छ । बैठकमा प्रतियोगिताको सफल आयोजनाका लागि आवश्यक तयारीका विषयमा विस्तृत छलफल भएको थियो । बैठकमा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहाल, कार्यसमिति सदस्य रामजी सापकोटा र पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मकवानपुरगढी गाउँपालिका वडा नं ५ का अध्यक्ष दिपेश दाहाल, शारदा माध्यमिक…
Read More
आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै

मकवानपुर । आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी-२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ। नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो। त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट…
Read More
अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

मकवानपुर । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो सेटको सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच भएको खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै निसीखोला फाइनलमा प्रवेश गरेको हो भने अर्को खेल गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाबिच भएको दोस्रो सेटको सेमिफाइनलमा खेलमा काठेखोला गाउँपालिकालाई ३–० सेटले पराजित गर्दै गलकोट नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो । आज भएको सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियोे । जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.