Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबिच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे । जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी…
Read More
प्रतिनिधिसभा निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा नमुना मतपत्र

प्रतिनिधिसभा निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा नमुना मतपत्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना…
Read More
नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित

नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् । 'आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी 'नमुनाु (बाँके) ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेद्वारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छु, पत्रमा भनिएको छ । केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय हुँदै आएकी थिइन् । फागुन…
Read More
रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत

रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको उनको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनुपर्ने उनको सचिवालयले जनाएको छ । ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको…
Read More
प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु

प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु

मकवानपुर । आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो । यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका…
Read More
सर्लाही क्षेत्र ४ आउनुहुँदै सभापति थापा

सर्लाही क्षेत्र ४ आउनुहुँदै सभापति थापा

मकवानपुर ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ । थापा आज सर्लाही आउने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । थापालाई पूर्वपश्चिम राजमार्गस्थित बागमती कर्मैयामा स्वागत गरेर सर्लाही क्षेत्र ४ मा लैजाने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो । पार्टी सभापति थापालाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता सर्लाही र रौतहटको सीमा बागमतीस्थित कर्मैयाका कार्यकर्ता आउने बताइएको छ । थापा अब केही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्नुहुने कार्यक्रम छ । फागुन २१ को प्रतिनिधि सभा…
Read More
यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भएका छन् । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उमेदवारको मतपरिणाम सार्वजनिक गरेको छ ।
Read More
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो आदेश दिएको हो । महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले यो अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला आदेशमा भनिएको छ । यसअघि माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध…
Read More
एमाले मकवानपुरको बैठक सम्पन्न ,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, ताेकियाे निर्वाचन परिचालन सम्बन्धि जिम्मेवारी

एमाले मकवानपुरको बैठक सम्पन्न ,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, ताेकियाे निर्वाचन परिचालन सम्बन्धि जिम्मेवारी

हेटौँडा ।  नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २,०२५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समिति गठन गरिएको हो। निर्वाचन परिचालन समितिको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनुभएको छ। साथै ७७ सदस्यीय निर्वाचन परिचालन समिति सचिवालय समिति पनि गठन गरिएको छ। निर्वाचन परिचालन समितिमा पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा निकायका सदस्य, जिल्ला कमिटी तथा जिल्ला लेखा कमिटीका सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, पालिका तथा इलाका कमिटी, वडा कमिटीका पदाधिकारी, निर्वाचित…
Read More
बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका  दंगाल विजयी भएका हुन् । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्। अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.