Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
५१ किलो गाँजा एम्बुलेन्सबाट बरामद

५१ किलो गाँजा एम्बुलेन्सबाट बरामद

मकवानपुर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ । यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
आज देशभरको मौसम बदली

आज देशभरको मौसम बदली

मकवानपुर । आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाडौं उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ । आज राति गण्डकीको हिमाली भागको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान छ । आज…
Read More
हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५ सयभन्दा धेरै घर भत्काइयो

हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५ सयभन्दा धेरै घर भत्काइयो

मकवानपुर । हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५ सयभन्दा धेरै घर भत्काइएको छ । मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत क्षेत्रका ती घरहरु हिजो एकै दिन भत्काइएको हो । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा काम भएको हो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई फराकिलो बनाउने काम थालिएको हो । यसका लागि सडक डिभिजनले गएको मंसिर ५ मा महेन्द्र राजमार्गको रातोमाटेबाट बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकबाट सामरी पुलसम्मको सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने सूचना निकालेको थियो । अस्ति शुक्रवार समयसीमा सकिएसँगै…
Read More
एनपिएल : चितवनमाथि पोखराको सहज जित

एनपिएल : चितवनमाथि पोखराको सहज जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एडम रोसिंगटनले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । एडम प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकाल र सैफ जइबले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २०…
Read More
भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा

भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा

मकवानपुर । झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारीसाधन र चालकसहित ठुलो परिमाणमा रक्सि लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ । बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कुट १६…
Read More
भरतपुरमा प्राङ्‍गारिक सूर्यमुखीखेती

भरतपुरमा प्राङ्‍गारिक सूर्यमुखीखेती

मकवानपुर । चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्‍गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने, ‘पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।’ उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा ८०० रुपैयाँ र दाना प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन्…
Read More
एनपिएलः पोखरा टस जितेर बलिङमा

एनपिएलः पोखरा टस जितेर बलिङमा

मकवानपुर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
Read More
उत्साहपूर्वक मनाइँदै उधौली पर्व

उत्साहपूर्वक मनाइँदै उधौली पर्व

मकवानपुर । किरात समुदायको प्रमुख सांस्कृतिक पर्व उधौली आज देशभर, विशेषतः पूर्वी पहाडी भूभागमा, हर्षोल्लासपूर्वक मनाइँदै छ । किरात समुदायभित्रका लिम्बू, राई, सुनुवार र याख्खा जातिले मङ्सिर पूर्णिमाको दिनलाई चासोक तङनाम (न्वागी) का रूपमा सम्मानपूर्वक मनाउने चलन छ । लिम्बू समुदायमा नयाँ अन्न अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने परम्परालाई चासोक तङनाम भनिन्छ । त्यसअनुरूप पाँचथर लगायत पूर्वका विभिन्न स्थानमा आज बिहानैदेखि मौलिक नृत्य, गीत–सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । प्रकृतिपूजकका रूपमा परिचित किरात समुदायले आजकै दिन नयाँ अन्न चढाइ न्वागी खानेरी पर्वको मूख्य विधि सम्पन्न गर्छन् । फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका पूजनीय स्थलमा बिहानदेखि भक्तजनको…
Read More
अन्तर्राष्ट्रिय बैंक दिवस आज

अन्तर्राष्ट्रिय बैंक दिवस आज

मकवानपुर । डिसेम्बर ४ अर्थात् अन्तर्राष्ट्रिय बैंक दिवस हो। राष्ट्रसंको आह्वानमा विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकुल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो। यसैगरी बिहीबार नै एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदैछ। यो दिवस यसै वर्षदेखि मनाउन लागिएको हो। राष्ट्रसंघीय महासभाले गत जुनमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो दिवस मनाउने घोषणा गरेको हो।
Read More
चितवनको  सौराहा घुम्न आएकी एक किशोरीको मृत्यु

चितवनको सौराहा घुम्न आएकी एक किशोरीको मृत्यु

मकवानपुर । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् । सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकी थिइन् । उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११:४५ बजे मृत घोषणा गरेका थिए ।शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.